बारामा श्रीमान–श्रीमतीको सम्बन्ध आधुनिकतासँगै कमजोर हुँदै

गढिमाइ खबर
पढ्न लाग्न समय 1 मिनेट

जुनी–जुनी साथी मानिने श्रीमान–श्रीमतीको सम्बन्ध आधुनिकतासँगै कमजोर हुँदै बारामा सम्बन्ध बिच्छेदका घट्नाहरु बढेका छन् ।

जिल्ला अदालत बारामा गत आर्थिक बर्ष २०७९।०८० मा १ सय १८ मद्दद्धा सम्बन्ध बिच्छेदको दर्ता थिए ।जसमा ५३ जनाको गत आर्थिक बर्षमा सम्बन्ध बिच्छेद भयो भने ६५ वटा सम्बन्ध बिच्छेदका मुद्दाहरु चालु आर्थिक बर्ष २०८०।०८१ को लागि हस्तान्तरण भएको जिल्ला अदालत बाराका रजिष्ट्रार लाल बहादुर कार्कीले जानकारी दिनुभयो ।

चालु आर्थिक बर्षमा थप ७२ वटा सम्बन्ध बिच्छेदका मुद्दाहरु थपिए भने ४१ वटा मुद्दाहरु फर्छौट भएका छन् । जिल्ला अदालत बारामा मंसिर ११ गते सम्ममा ९६ वटा सम्बन्ध बिच्छेदका मुद्दाहरु कारवाहीको क्रममा रहेका छन् भने गत आर्थिक बर्ष र चालु आर्थिक बर्षमा १ सय ८० सम्बन्ध बिच्छेदका मुद्दा मात्र दर्ता भएको देखिन्छ ।

सम्बन्ध बिच्छेदको मुख्य कारणमा बैदेशिक रोजगारी र आन्तरिक कलह नै मुख्य कारण रहेको जिल्ला अदालत बाराले जनाएको छ ।

व्यक्तिगत र घरायसी सामान्य कारण देखाएर सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्ने गरे पनि प्रमुख कारण भने बैदेशिक रोजगारी र आन्तरिक कलह रहेको देखिएको छ।

कुटपिट गरेको,खानलाउन नदिएको,मतलब नगरेको,घर व्यवहार नसम्हालेको,छोडेर हिडेको जस्ता फम्र्याटमा मुद्दा दर्ता हुने गरेको जिल्ला अदालत बारा रजिष्ट्रार कार्कीले जानकारी दिनुभयो ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *