रुपेश स्वर्णकारलाई गोली हानी हत्या गर्नेहरु पेशेवर शुटरहरु भएको खुलेको छ ।
स्वर्णकारको हत्यामा संलग्न भई गोली प्रहार गर्ने चार जना भारतीय नागरिक पेशेवर शुटरहरु भएको खुलेको छ । उनीहरुले भारतमै थुप्रै अपराधिक गतिविधिमा पनि संलग्न रही आएका छन् । गत सोमबार शुटरहरुले स्वर्णकारलाई गोली हानेका थिए ।
शुटरहरु भारतको मोतिहारी जिल्ला,दर्पा थाना–१, सुक्लहिया बस्ने २५ वर्षीय सुजितकुमार सिंह,सोही स्थानका २४ वर्षीय चन्चल पाण्डे,२२ वर्षीय मनिषकुमार सहनी र २० बर्षिय कामेश्वर सहनीले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनीहरु गोली प्रहार गरेर फरार भएका छन् ।
उनीहरु हालसम्म पक्राउ पर्न सकेका छैनन् ।उनीहरुले भारतमा बसेर एक महिना अघि पनि सीमावर्ती बारा जिल्लाकै पचरोता नगरपालिकामा आफ्नै एक जना साथीको हत्या गरेर फेरि भारततर्फ नै फरार भएका थिए ।
प्रहरी प्रशासनको डर नभएका ती भारतीय शुटरहरुको मनोबल त्यही बेलादेखि नै माथि गएको बुझिन्छ ।एक महिना अघि गत कार्तिक ९ गते आफनै गैंगका सदस्य रहेका अजित कुमार सिँहलाई उनीहरुले भारतबाट मोटरसाईकलमा बसाएर यहाँ ल्याएका थिए ।
उनीहरुले सिंहलाई नेपाल–भारत सीमाभन्दा करिब सात मिटर नेपालतर्फ बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियामा ल्याएका थिए ।
त्यहाँस्थित रहेको पोखरी नजिकै टाउकोमा गोली प्रहार गरी हत्या गरेका थिए ।गैंगका सदस्य रहेका मृतक अजितकी श्रीमती सोनम सहनी सिँहसित गैंगका सुजितको अबैध प्रेम सम्बन्ध रहेको दावी प्रहरीको छ । गैंगमै काम गरेर उनीहरुले भारतको बिभिन्न स्थानमा लुटपाट गरेको रकममा भागबण्डाको रकम दिन नपर्ने भनेर हत्या गरेका थिए ।
अजितको श्रमिती पनि आफनो हुने भनेर चारैजनाले तथा मृतक अजितकी पत्नि सोनमको योजनामा भारतबाट नेपालमा ल्याएर हत्या गरेको सो बेला बाराका प्रहरी उपरीक्षक सुरेश काप्mलेले नै पत्रकार सम्मेलन गरि जानकारी दिएका थिए ।हत्यामा सँलगन रहेका चारैजना शुटरहरु सो बेलामा पनि फरार भएका थिए ।
मृतक अजितकी पत्नि सोनमलाई भने प्रहरीले पक्राउ गरेको थियो ।यतिको निर्धकताका साथ अपराध गरेर फेरि भारतमा पसेका त्यही चारजना भारतीय शुटरहरुले नै कलैया ६ का रुपैश स्वर्णकारको पनि हत्या गरेर फरार भए ।यहाँसम्म कि दिनदहाडै हत्या भयो ।
प्रहरीले ती शुटरहरुलाई हालसम्म पनि पक्राउ गर्न असफल भएको छ ।यसरी एउटै गैंगका सदस्यहरुले बारम्बार भारतबाट नेपाल छिरेर अराधिक घटना घटाएर फरार हुनुमा कहि न कहि प्रहरी प्रशासनको असफलता प्रष्ट भएको बुझन सकिन्छ ।तर बारा प्रहरीले भने रुपेशको हत्या भने प्रेम समबन्धका कारण भएको तथा घटनाका योजनाकार र सहयोगीलाई भने पक्राउ गरिसकेको भन्दै हालसम्म पन्छिदै आएको छ ।
रुपेशको जीवन समाप्त गर्ने ति चार जना भारतीय शुटरहरु अहिले पनि प्रहरीको पकड भन्दा बाहिर रहेका छन ।
आम बाराबासीले पनि यसरी एक पछि अर्को गरि एउटै गैंगले हत्या गरिरहदा किन प्रहरीले उनीहरुलाई समात्न सकेको छैन भनेर प्रश्न गर्न थालेका छन ।
यसैबीच मृतक रुपेशका परिवारले पत्रकार सम्मेलन गरी रुपेशको योजनाकार भनेर दावी गरेको विद्यालयको पूर्व लेखापालसंग प्रेम समबन्ध नै नभएको जानकारी गराएका थिए ।रुपेशका दाजु सुमोध गुप्ताले आफ्नो परिवारको चरित्र हत्या प्रहरीले दावी गरेका छन् ।
प्रहरीले घटनालाई अन्यत्र मोडन खोजिरहेको आरोप समेत लगाएका थिए ।उनले घटनाको बारेमा सत्य तथ्य पता लगाउनुपर्ने माँग गरे ।अन्यथा आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनी समेत सुमोधले दिएका थिए ।
करिब तीन महिना अघि सोही गैंगले भारतको एक नागरिकलाई महागढीमाई नगरपालिकामा ल्याएर हत्या गरेको दावी प्रहरीको रहेको छ ।