नारायणी अस्पतालका पुर्वमेसु ठाकुरसहित आख्तियारद्वारा ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

गढिमाइ खबर
191 पाठक संख्या

कलैया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिडेन्ट संजयकुमार ठाकुर सहित ९ जना उपर भ्रष्टाचार गरेका आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारले काठमाण्डौं विशेष अदालतमा आइतबार आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले एक प्रेस विज्ञप्ति मार्पmत जानकारी दिएका हुन्।

नारायणी अस्पताल वीरगंज,पर्साका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट संजय कुमार ठाकुरमाथि एक करोड ८४ लाख ३८ हजार चार सय ५८ रुपैया सात पैसा भ्रष्टाचार गरेको आरोप लागेको छ ।

तत्कालीन प्रमुख मेडिकल सुपरिटेण्डेण्ट संलग्न रहेको देखिँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन समेत अख्तिायरले मागदावी लिइएको छ।

नारायणी अस्पताल वीरगंजको आकस्मिक कक्ष भवन निर्माणको ठेक्कामा कूल लागतको ३.५% हिस्सा इन्टरलक ब्लक बिछ्याउने रहेको र मुख्य निर्माण कार्य नभई सहायक निर्माण कार्य रहेको उक्त निर्माण कार्यमा इन्टरलक ब्लक बिछ्याउने कार्यका आधारमा मात्रै बोलपत्र अस्वीकृत गरी मिलेमतोमा राज्यलाई हानिनोक्सानी गरेको र प्रतिस्पर्धालाई सीमित हुने गरी बोलपत्रमा योग्यताका आधार तोकिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको हो।

यसैगरी मूल्याङ्कन समिति संयोजक डा. विरेन्द्रबहादुर प्रधान र सदस्य–सचिव माधवी चौधरी भ्रष्टाचार निवारण ऐन, २०५९ दफा १७ बमोजिमको कसूरमा प्रतिवादीहरुलाई जनही ऐ.ऐनको दफा १७ ले निर्देशन गरेबमोजिम बिगो कायम गरी सोही ऐनको पहिलो संशोधन पूर्वको दफा ३ को उपदफा (१) को देहाय (झ)तथा उक्त संशोधन पश्चातको दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम बिगो बमोजिम कैद र जरिवाना गरी बिगो सोही ऐनको दफा १७ बमोजिम असूल उपर हुन मागदाबी लिइएको छ।

यता अख्तियारले मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.का प्रबन्ध निर्देशक तथा लुम्बिनी मिशन जेभीका अधिकारिक प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक बिष्णु प्रसाद शर्मा र लुम्बिनी–मिसन जे.भी.भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरको ऐ.ऐ.ऐनको दफा २२ को प्रतिबाधात्मक वाक्यांश बमोजिम मतियारको कार्य गरेको पुष्टि भएको हुँदा प्रतिवादीहरूलाई जनही बिगो कायम गरी कारवाहीको सिफारीस गरेको छ ।

आ.ब. २०७७/०७८ मा नारायणी अस्पताल वीरगंजको आकस्मिक कक्ष निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत हुने गरी इन्टरलक टाइललाई भवन निर्माणको मुख्य आइटमको रुपमा समावेश गरेको,शिवाको/विकास एण्ड ब्रदर्स÷वि.जी. जे.भी.ले काठमाडौं उपत्यका सडक विस्तार आयोजनामा खैरो रङ्गको इन्टरलक ब्लकको काम गरेको देखाए तापनि अति सामान्य कुरालाई बदनियतपूर्वक बोलपत्रमा समावेश गरेको अख्तिारले जनाएको छ ।

लक्षित बोलपत्र बाहेकका अन्य बोलपत्र प्रस्तावलाई असफल कायम गरेको स्वीकृत लागत अनुमानमा नरहेका आइटम थप गरी बोलपत्र सम्बन्धी कागजात तयार गरी कुनै एक मात्र लक्षित निर्माण व्यवसायी सफल हुने गरी सार्वजनिक निर्माणको कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गरी गराइएको अख्तिारले आरोपपत्रमा उल्लेख गरेको छ ।

यसमा एक करोड ८४ लाख,३८ हजार चार सय ५८ सात पैसा नेपाल सरकार एवं सार्वजनिक संस्था नारायणी अस्पताललाई गैरकानूनी हानिनोक्सानी पु¥याईएको पुष्टि अख्तियारले गरेको छ ।

साझा गर्नुहोस्