गठबन्धनको भयो कोणसभा र घरदैलो

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 2 मिनेट

पाँच दलीय गठबन्धनले बुधबार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ को वरगाछीमा कोण सभा गरेको छ ।

कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस बाराका जिल्ला सभापति तथा कलैया उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार राजेश राय यादवले गठबन्धनलाई भारी बहुमतले जिताउन आग्रह गरे ।

उनले कलैयाको विकासमा गठबन्धनले आउँदो पाँच वर्षमा ठूलो उपलब्धी हासिल गर्ने जनाए । उनले लोकतन्त्रको पक्षमा गठबन्धन भएको जनाउँदै तानाशाही प्रवृतिको अन्त्य गर्न आवश्यक रहेको जनाए । सो कोणसभामा बोल्दै गठबन्धनका उपप्रमुखको उम्मेदवार तथा पूर्व संविधान सभा सदस्य जनता समाजवादी पार्टीका प्रमोद गुप्ताले गठबन्धनलाई भारी बहुमतले जिताउन आग्रह गरे ।

मुलुकलाई तानाशाहीबाट जोगाउन गठबन्धन भएको उनले प्रष्ट पारे । ओलीतन्त्रले मुलुकलाई अधोगति तर्पm लाने काम गरेको भन्दै यसलाई उकास्न गठबन्धन जित्न जरुरी रहेको बताए ।

नेकपा माओवादी केन्द्रका कलैया उपमहानगरपालिकाका अध्यक्ष मुकेश साहले गठबन्धनको विकल्प नभएकोले गठबन्धनको पक्षमा खुलेर लाग्न स्थानीयसंग आग्रह गरे ।

सो कार्यक्रममा नेपाली कांग्रेसका तर्पmबाट वडाअध्यक्षको उम्मेदवार किसुनप्रसाद यादव, नेकपा समाजवादीका वडा अध्यक्षका उम्मेदवार पुरुषोत्तम लामा, जनता समाजवादी पार्टीका वडा अध्यक्षका उम्मेदवार ईन्द्रदेव यादव लगायतकाले मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा जनता समाजवादी पार्टी बाराका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य रामबाबुकुमार यादव, जसपाका कलैया उपमहानगरपालिकाका अध्यक्ष शिवनाथ पटेल लगायतको उपस्थिति थियो । कोणसभा पश्चात कलैया वडा नम्बर ५ र वडा नम्बर ८ मा गठबन्धनका उम्मेदवार तथा नेताहरुले घरदैलो गरेकाछन् । उनीहरुले घर घरमा पुगेर जनसम्पर्क अभियानलाई तीव्र पारेकाछन् ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *