पर्सामा ११ बिगाहामा लगाइएको गाँजा खेती नष्ट

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 343
पढ्न लाग्ने समय : 2 मि.

राम मण्डल /
अबैध प्रतिबन्धित गाँजाको खेती पर्सामा पछिल्लो समयमा फेरि फस्टाउदै गईरहेको छ ।

केही बर्षदेखी जिल्लामा बन्द रहेको गाँजा खती अहिले फेरि केही फस्टाउदै गएको हो ।

जिल्लाको विशेषगरी ग्रामीण भेग तथा राष्ट्रिय बनजँगलसंग जोडिएका ग्रामीण भेगहरुमा गाँजाको खेती ब्यापक रुपमा फस्टाएको गईरहेको छ ।

जंगल सिमाना जोडिएका गाउँहरुमा खेतमा लुकाएर यहाँका स्थानीयहरु गाँजा खेती गरेको छन । कतिपय किसानहरुले बारीमा अघि पछि अन्य बाली तथा बीचमा गाँजाको बोट लगाएका छन ।

जिल्लाका जंगलसंग सिमाना जोडिएका गाउँहरुबाट गाँजाको भारततर्फ तस्करी हुदै आएको भएपनि अब पर्सामै गाँजा खेती समेत हुन थालेको हो ।

पर्साका जंगलको बाटो भएर चितवन मकवानपुर र धादिङ जिल्लामा लगाइएको प्रतिबन्धित गाँजाहरु लुकाई छिपाई तस्कर र भरियाहरुले भारततर्फ तस्करी गर्ने गरेका छन ।

तस्करहरुले भारत गाँजा पठाउनको लागि पर्साका ग्रामीण भेगलाई ट्रान्जिट प्वाईनट बनाएका छन ।

चितवन मकवानपुर र धादिङमा उत्पादित गाँजाहरु जँगलको बाटो भएर पर्साको गाउँहरुमा भण्डारण गर्ने र त्यसपछि भारततर्फ तस्करी हुदै आएको स्रोतले जनाएको छ ।

त्यसैको देखासिकी पर्साका स्थानीयहरुले पनि गाँजा खेती गर्न थालेका छन ।

यसैक्रममा प्रहरीले सोमबार पर्साको ठोरी गाउँपालिकामा ११ बिगाहामा लगाइएको अबैध गाँजा खेती नष्ट गरेको जनाएको छ ।

प्रहरीले ठोरी गाउँपालिकाको वडा नम्बर ३ र ४ को बिभिन्न स्थानमा लगाइएको गाँजा खेती फडानी गरि नष्ट गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीको कमाण्डमा खटीएको टोलीले ११ बिघा खेतमा अवैध रूपमा लगाएको दुई लाख २० हजार गाँजाको बोटहरु फडानी गरि नष्ट गरेको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिएका छन ।

गाँजा खेती गर्ने व्यक्तिहरूको पहिचान तथा खोजतलास भईरहेको तथा उनीहरुलाई कानून बमोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।