विश्वप्रसिद्ध गढीमाई पञ्चवर्षीय मेलामा दिईयो राँगा बली

गढिमाइ खबर
248 पाठक संख्या

बरियारपुर : बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ मा रहेको विश्वप्रसिद्ध गढीमाई पञ्चवर्षीय मेलामा आईतबार राँगा बली दिइएको छ ।

गढीमाईको विशेष पुजा गरेर आईतबार ५ वटा बलीहरू राँगा,खसी,हास,सेतो मुसा र परेवाको बली दिईएपछि मात्र अन्य बली दिईएको हो । झण्डै ५ हजारको हाराहारीमा राँगाको बली दिईएको मन्दिर समितिले जनाएको छ ।

आईतवारसम्म मेलामा ७२ लाख भन्दा बढि पर्यटक तथा भक्तजनहरूले दर्शन गरि मेला अवलोकन गरेको गढीमाई पञ्चवर्षीय मेला संचालन तथा व्यवस्थापन समितिका प्रवक्ता बिकाश कुमार सिंहले साझेदारी दैनिकलाई बताएका छन् ।

मन्दिर समितिले बोका बली सोमबारका लागि राखेको भएपनि अधिकांशले आईतवार नै बोका बली दिईएको छन । त्यसैगरी मेलामा १५ हजार भन्दा बढी बोका बलि दिइएको प्रवक्ता सिंहले बताए ।

मेलाको अवसरमा बाराको सदरमुकाम कलैयादेखी गढिमाई मन्दिर जाने बाटोमा शनिबारदेखि नै अवलोकनकर्ता तथा भक्तजनहरूको सवारी साधनले जाम लागेको छ।

साझा गर्नुहोस्