महागढीमाईका निमित्त अधिकृत कुशवाहाको जिम्मेवारी खोशियो

गढिमाइ खबर
200 पाठक संख्या

कलैया : बाराको महागढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय प्रसाद कुशवाहाको जिम्मेवारी खोशिएको छ ।

नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवको विश्वास पात्रका रुपमा रहेका अधिकृत कुशवाहालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिम्मेबारीबाट मुक्त गरिएको छ ।

मन्त्रालयले महागढीमाई नगरपालिका सहित बाराको सुवर्ण गाँउपालिका लगायत १७ वटा स्थानीय तहहरुमा रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुलाई जिम्मेवारी रद्द गर्ने निणर्य गरेको हो ।

मन्त्रालयले बुधबारको यस्तो निणर्य गरेको पछि निमित्त प्रमुखको रुपमा कार्यरत गरेको महागढीमाईका प्रमुख प्रशासकीय अधिकृत कुशवाहा जिम्मेबारीबाट हटेका हुन । कुशवालाई नगरपालिकाले गत बैशाख २७ गते निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिईएको थियो ।

साझा गर्नुहोस्