बाराको कलैयामा शनिवार सत्ता साझेदार राजनीतिक दलहरूले टायर बालेर प्रदर्शन गरेका छन् ।
नेपाली कांग्रेस जिल्ला सचिव भैयाराम यादव र एकिकृत समाजवादीका नेता ध्रु्रव यादवलाई जिल्ला प्रहरी कार्यालय बारा भित्र निर्घा कुटपिट गरिएको विषयमा चर्किएको आन्दोलन जारी रहेको छ ।
गत मंगलवार प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरिक्षक रुपेश साहले निर्घात कुटपिट गरी घाइते बनाएर केही घण्टा नियन्त्रणमा लिइएको घटनामा संलग्नलाई निलम्बनको माग गर्दै सत्ता साझेदार राजनीतिक दलहरूले शनिवार पनि टायर बालेर कलैयाको भरत चोकमा प्रदर्शन गरेको हुन ।
विभिन्न सत्ता साझेदार दलको सर्वदलिय निणर्य अनुसार जारी विरोध कार्यक्रम अनुसार शनिवार सयौको सहभागितामा कलैयाको विभिन्न भागमा नारा सहित प्रर्दशन गर्दै कलैयाको मुख्य केन्द्र भरत चोकमा टायर बालेर प्रर्दशन गर्दै करिब दुई घण्टा सडक अवरुद्ध गराएको नेपाली काँगेस बाराले जनाएको छ ।
नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी लगायतको सर्मथनमा उक्त विरोध प्रर्दशन कार्यक्रम भएको हो ।
शनिवार प्रर्दशन पछि आयोजित विरोध सभामा नेपाली काँग्रेसका मनोज भट्ट, राजेश रौनियार, जसपाका प्रमोद गुप्ता, लोसपाका जयप्रकास साह,माओवादीका प्रभु यादव, गढीमाई नगरपालिका प्रमुख एवम् काँग्रेस नेता उपेन्द्र यादव लगायतकाले सम्बोधन गर्दै प्रहरी दमनको विरोध गर्दै घटनामा संलग्न डिएस्पी पाण्डे र प्रहरी निरिक्षक रुपेश साहलाई कारवाही गर्न जोडदार माग गरेका छन ।