सांसद यादवको सकृयतामा पसाहा नदिमा दुई वटा पुल निर्माणका लागि ठेक्का

गढीमाईखवर डट कम
122 पाठक संख्या पढ्न लाग्न समय 3 मिनेट
पढ्न लाग्न समय 3 मिनेट

बाराको दुई वटा सडका खण्डमा पर्ने पसाहा नदिमा दुई वटा पुल निर्माणका लागि नेपाल सरकार भौतिक पुर्वधार विकास मन्त्रालयले ठेक्का आवहान गरेको छ ।

मन्त्रालयले जिल्लाको अति महत्वपुर्ण सडकको रुपमा रहेको सिमरा–कोल्हवी सडक अन्तरगत जीतपुरसिमराको वडा नम्बर १७ मा जैतापुर र रामनगर जोड्न पसाहा नदिमा तथा कलैया–सिस्वा महेशपुर–मधुवन सडक अन्तरगत खम्वा र मधुवन जोड्ने पसाह नदिमा पुल निर्माण गर्न बोलपत्र आवहान गरेको हो ।

यी दुवै पुल बारा क्षेत्र नम्बर ३ का निवर्तमान संघीय सांसद एवम् जनता समाजवादी पार्टी(जसपा) का मधेस प्रदेश अध्यक्ष रामबावु कुमार यादवको पहल र विशेष सक्रियातामा ठेक्का प्रक्रियामा गएका हुन । सांसद यादवसंगै स्थानीय तहका जनप्रतिनिधिहरुको समेत महत्वपुर्ण भुमिका रहेको हो । ठेक्का प्रक्रियाले मात्र नभई निर्माण प्रक्रिया छिटो गराउन पनि सवैको सकृयता र पहल पनि आवश्यक रहेको स्थानीयहरुको छ ।

सांसद यादवले साझेदारी दैनिकसंग कुराकानी गर्दै आफु पदमा रहेपनि नरहेपनि यी दुई वटा पुल निर्माण कार्यलाई छिटो सम्पन्न गर्न आफ्नो सधै सकृयता र पहलकदमी रहिराख्ने प्रतिबद्धता जनाएका छन ।

यी दुई वटा पुल निर्माणका लागि ठेक्का प्रक्रियामा गएपछि यस क्षेत्रका बासिन्दाहरुलाई पुल बन्नेमा झिनो आशा पलाएको छ । ठेक्का लागेपनि निर्माण कार्य सम्पन्न गर्न बर्षौ बर्ष लाग्ने समस्याले पनि जनतामा अझै उत्साह आउन नसकेको रामनगर निवासी पशुराम दाहाल बताउछन ।

मन्त्रालयको सडक विभागको आयोजना कार्यालयले जैतापुर र रामनगर जोड्न पसाहा नदिमा आसोज ४ गते मंगलवार बोलपत्र आवहान गरेको हो ।

उक्त पुल १६५ मिटर लम्बाई दुई लेन गरि करिव ४० करोडको लागतमा निर्माण हुने आयोजना कार्यालयले जनाएको छ । करिब दुई बर्षअघिदेखी नै पसाहा नदिमा पुल निर्माणका लागि बातावरणीय प्रभाव प्रतिवेदन र स्वायल टेष्ट भएपनि ठेक्का प्रक्रियामा जान सकेको थिएन ।

यस्तै पसाहा नदिकै खम्वा र मधुवन जोड् पुल निर्माणका लागि यसअघि गत भदौ २६ गते नै सडक डिभिजन कार्यालय हेटौडाले ठेक्काको लागि बोलपत्र आवहान गरिसकेको छ । यो क्षेत्रमा करिब १०५ मिटर लम्बाईको दुई लेन पुल करिब साढे २६ लाखमा निर्माण हुने जनाईएको छ ।

ठेक्का सघीय सांसद यादवकै विशेष सकृयता र पहलकदमी तथा जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सिमरा–कोल्हवी सडक अन्तरगतकै बालगंगा नदिमा निर्माणाधीन अलपत्र अवस्थाको पुल पनि संचालनमा ल्याईएको छ ।

जग्गा विवादका कारण अदालतको आदेशले निर्माण कार्य रोकिएको बालगंगा नदिमा पुल मर्मत पछि संचालनमा आएको छ । पुल संचालनमा आएसंगै सो क्षेत्रका हजारौ जनताले बर्षाको समयमा राहत पाएका छन ।

 

साझा गर्नुहोस्