सदरमुकाममा दिनदहाडै बिधालयका प्रिन्सिपलमाथी गोलि प्रहार गरि हत्या

गढिमाइ खबर
160 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

बारा प्रहरीलाई चुनौती दिदै जिल्ला सदरमुकाम कलैयामा दिनदहाडै निजि बिधालयका प्रिन्सिपलमाथी गोलि प्रहार गरि हत्या गरिएको छ ।

हत्या गरिएको ठाउँ जिल्ला प्रहरी कार्यालय बाराको कार्यालय भन्दा २ मिनेटको दुरिमा रहेको छ ।

कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले गोली प्रहार गरेको छ । गोली प्रहार बाट उनको मृत्यु भएको हो ।

कलैया स्थित मदर्शा टोलमा मोटर साइकलमा आएका ४ जना अज्ञात व्यक्तिले ४ राउण्ड गोली हानेको प्रत्यक्षदर्शीले बताएका थिए । गोली लागेर घाइते भएका सर्राफलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि वीरगञ्जस्थित वयोधा अस्पतालमा लगिएको थियो । उनको वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । उनको छातीमा गोलि लागेको हो ।

घटना भएको बेला उनी ना.५३ प .९१२८ नम्बरको मोटरसाइकलमा सवार थिए । मिठाइ किनेर बिधालय फर्किने क्रममा अज्ञात समुहले गोलि प्रहार गरेर फरार भएका थिए ।

यो घटनाले प्रहरी प्रशासन माथी नै शान्ति सुरक्षाको प्रश्न उठेको छ । प्रहरी प्रशासनको सेवा प्रवाहमध्येको सवैभन्दा प्रमुख ‘शान्ति सुरक्षा’ कायम गर्नु नै हो । त्यही भएर जिल्लामा नेपाल प्रहरीको युनिट स्थापना गरिएको छ । शान्ति सुरक्षा चुस्त दुरुस्त राख्नकै लागि सदरमुकाम कलैया स्थित भरत चौकमा प्रहरी राख्ने गरिएको छ । तर भरत चौकमा प्रहरी प्रशासनको उपस्थिति न्यून देखिन्छ ।

जिल्लाको सदरमुकाम भएकोले प्रहरीको उपस्थिति बाक्लो हुनु पर्नेमा त्यस्तो देखिएको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी को उपस्थिति भरत चौकमा नहुनु दु:खद रहेको नागरिक समाजका अगुवाहरुले बताएका छन् ।

साझा गर्नुहोस्