अबैध सामान सहित ट्रकहरु नियन्त्रणमा

गढिमाइ खबर
पढ्न लाग्न समय 1 मिनेट

गढीमाई संवाददाता/

बारा प्रहरीले बिल विजक भन्दा बढी र सामानहरुको श्रोत खुलाउन नसकेकोले उक्त सामानहरु सहित विभिन्न ट्रकहरु पक्राउ गरेको छ ।

प्रहरीले बीरगंजबाट काठमाण्डौतर्फ जादै गरेको ना.६.ख.७१ न.को ट्रकमा करिब ३५ लाख २७ हजार ४७४, बीरगंजबाट काठमाण्डौतर्फ जादै गरेको वा.४.ख११२५ नं.को ट्रकमा आब .३६ लाख ६२ हजार ९७२ बीरगंजबाट रुपन्देहीतर्फ जादै गरेको ना.४ ख ९०९१ न.को ट्रकमा २४ लाख ९९ हजार ५७९ बराबरको सामानहरु बरामद गरेको थियो ।

यसैगरी प्रहरीले चेकजाँच कै क्रममा बीरगंजबाट रुपन्देहीतर्फ जादै गरेको ना. ६ ख ३०२४ नं.को डिब्बा टं. मुल्य ३४ लाख ९५ हजार बराबरको खुद्रा सामानहरु गरि जम्मा रु मुल्य रु.१ करोड ३१ लाख ८५ हजार ०२५ रुपैया रकम बराबरको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *