कोल्हबी
बाराको कोल्हवीमा बुधवारदेखी दोस्रो मेयरकप क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
यूवा परिवारको आयोजना तथा कोल्हवी नगरपालिकाको सहयोगमा संचालित उक्त प्रतियोगिताको एक कार्यक्रमवीच नगरप्रमुख भरतबहादुर भण्डारीले उद्घाटन गरेका छन । सो अवसरमा बोल्दै नगरप्रमुख भण्डारीले क्रिकेट खेलले देशको पहिचान बनाएकोले क्रिकेट प्रतियोगितालाई पनि कोल्हवी नगरपालिकाले प्राथमिकतामा राखेको बताए । उनले खेल र खेलाडी देशका गहना भएकाले यसलाई संरक्षण र सम्बद्र्धन गर्नु हाम्रो कर्तव्य रहेको बताए ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा कोल्हबी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी, तामागदी बन ब्यस्थापन समितिको अध्यक्ष रबिन्द्र पनुहर, उधोग बाणिज्य संघ कोल्हबी शाखाका अध्यक्ष महेश कुमार साह, अनुप दिपनी माबिका प्रअ केवल प्रसाद चौधरी, नेकपा एमालेका जिल्ला सहसचिव गोबिन्द पौडेल, नेकपा समाजवादीका प्रतिनिधि हरिचन्द्र पनुहर, महिला नेत्री शुभद्रा धिमाल, सशस्त्र बेश क्याम्प कोल्हवीका हरिशरण सिलवाल, राष्ट्रिय अनुसन्धान कोल्हबिका कृष्ण चौधरी लगायतकाले सहभागिता रहेको थियो ।
प्रतियोगिता अन्तरगत बुधबार कचोर्वा क्लब र बतरा क्लब बिच भएको खेलमा बतरा क्लब बिजय भएको छ। बिहिवार निजगढ क्लब र सपही क्लब बिच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सुजन अधिकारीले जानकारी दिएका छन ।