रबिन्द्र प्रसाद साह
नेपाली काँग्रेसको १४औँ महाधिवेशनलाई मध्यनजर गरी नेपाली काँग्रेस बारामा चहलपल बढ्ेको छ ।
क्रियाशिल सदस्यता विवादका कारण स्थगित रहेको वडा तथा गाउ अधिवेशन शुरु हुन थालेपछि बारामा नेपाली काँग्रसका नेता तथा कार्यकर्ताहरु पनि चुनावी सरगमी बढ्को छ ।
सोमवार अर्थात कार्तिक २९ गते जिल्ला भरका वडाहरुमा एकसाथ वडा अधिवेशन संचालन गरिएको छ ।
महाधिवेशन लक्षित गर्दै नेपाली काङ्ग्रेसका उपसभापति तथा पुर्वगृहमन्त्री बिमलेन्द्र निधि समेत बारा आएका छन ।
उपसभापति निधि सहित प्रदेश नं.२ का खानेपानी मन्त्री ओम प्रकाश शर्मा, नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्वजिल्ला सभापति राधेचन्द्र यादव र कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादववीच विशेष भेटघाट तथा छलफल भएको एक स्रोतले जनाएको छ छ।
पुर्व जिल्ला सभापति यादवको कलैया स्थित निज निवासमा भेटघाट तथा १४औँ महाधिवेशन बारे छलफल गरिएको स्रोतलेजनाएको छ ।