कलैया । बारा जिल्लामा ६६.८६ प्रतिशत मत खसेको छ ।
आइतबार भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा कुल ४ लाख ३३ हजार ५ सय ०४ मतदातामध्ये २ लाख ८९ हजार ८ सय ४१ मत खसेको जिल्ला निर्वाचन कार्यालय बाराका जिल्ला निर्वाचन अधिकारी सरोज चौधरीले जानकारी दिएका छन् ।
मतदान गर्ने मध्ये १ लाख ५२ हजार ६४ पुरुष , १ लाख ३३ हजार ७ सय ७६ जना महिला र एक जना अन्य रहेको निर्वाचन अधिकारी चौधरीले जानकारी दिएका छन् ।
बाराको ३०५ वटा मतदानस्थल र ५५५ मतदान केन्द्रमा शान्तिपुर्ण रुपले मतदान सम्पन्न भएको छ ।