‎बारामा पार्किङबाट ट्रक चोरी, सहचालक फरार

गढिमाइ खबर
104 पाठक संख्या

पथलैया । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयामा पार्किङ गरेर राखिएको टाटा कम्पनीको खाली ट्रक चोरी भएको छ। ट्रक लिएर फरार भएका सहचालकको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।

‎प्रहरीका अनुसार २०८३ साउन ३ गते राति करिब ९ बजे हेमराज थापाका छोरा ३१ वर्षीय चालक अनोज थापाले आफ्नै घर अगाडि पार्किङ गरी राखेको ना ६ ख १३५७ नम्बरको टाटा ट्रक नाम, थर र वतन नखुलेका सहचालकले कसैलाई जानकारी नगराई आफुखुशी लिएर हिँडेका हुन्।

‎ट्रक हराएको थाहा पाएपछि चालक अनोज थापाले साउन ४ गते बिहान ६:१० बजे प्रहरी चौकी पथलैया बारामा जानकारी गराएका थिए। जानकारी प्राप्त हुनासाथ प्रहरी हवल्दार मोहर कुमार दासको कमाण्डमा दुई जनाको टोली घटनास्थलतर्फ खटिएको थियो।

‎घटनास्थल प्रहरी चौकी पथलैयाबाट करिब ७०० मिटर पूर्वतर्फ पर्ने प्रहरीले जनाएको छ। फरार सहचालक र ट्रकको खोजीका लागि प्रहरीले थप अनुसन्धान तथा खोजतलास कार्य जारी राखेको छ।
‎उक्त ट्रकका धनी जितपुरसिमरा उपमहानगरपालिका–१ निवासी सोम गुरुङ रहेको प्रहरीले जनाएको छ।

साझा गर्नुहोस्