जीतपुरसिमराको प्रमुख प्रशासकीय अधिकृतको रुपमा बेद राज फुयाल आए

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 204
पढ्न लाग्ने समय : 1 मि.

रञ्जन यादव/

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा बेद राज फुयाल आएका छन ।

आईतबार कार्यालय हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत फुयाललाई एक कार्यक्रमकाबिच उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले कार्यालयमा खाँदा ,माला र टिका लगाएर स्वागत गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै नगरप्रमुख राजन पौडेलले एक अर्काको काम ,कर्तब्य र अधिकार बुझि ईमान्दारिता पुर्बक पुरा गर्ने हो भन्ने कहिले पनि संस्थामा मनमुटाव उत्पन्न नहुने बताएका छन । उहाँले उपमहानगरको बिकासमा जनप्रतिनिधि र कर्मचारीहरुलाई हातेमालो गरी उपमहानगरको बिकासमा लागि पर्न अनुरोध गर्नुभयो ।

यसअघि धनुषा स्थित नगराईन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेको उपसचिव फुयाल लामो समय रेल बिभागमा बिताएका छन् ।

नयाँ सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत फुयालले जनप्रतिनिधि र कर्मचारी सबैको साथ र सहयोग लिएर जीतपुरसिमरा उपमहानगरपालिकाको विकास निर्माणमा इँट्टा थप्ने प्रयास गर्ने बताएका छन ।

स्थानीय तहमा आफनो लामो अनुभव नभएपनि अन्य संस्थामा कार्य गर्दा बटुलेको अनुभवलाई उपमहानगरपालिकाको बिकासमा खर्चिने उनले बताए ।

यसअघि उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हरिलाल पुरी रहेका थिए ।

पुरीको रौतहट स्थित चन्द्रपुर नगरपालिकामा सरुवा भएको थियो । पुरीको ठाउमा अहिले फुयाल आएका हुन ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।