करण कुमार मिश्र/
रौतहटको गरुडा नगरपालिका–४ गरुडा बजारमा रहेको एक पसलमा आगलागी हुँदा करोडौंको धनमाल जलेर नष्ट भएको छ ।
बुधबार राति करीब १ बजेको समयमा गरुडा नगरपालिका–५ महम्मदपुर निवासी स्थानीय राम जनम साहको अंशु ट्रेडर्समा आगलागी हुँदा एक करोड बढी मूल्य बरावरको धनमाल जलेर नष्ट भएको हो ।
आगलागीका कारण पसलमा रहेको कुर्सी, टेबुल, दराज, डाईनिङ्ग टेबुल, ड्रेसिङ्ग टेबुल, बक्स पलङ्ग, थ्री पिस दराज, सोफा, प्लास्टिकको टेबुल कुर्सी तथा ईलेक्ट्रोनिक्सका सम्पुर्ण सामान पुर्ण रूपमा जलेर नष्ट भएको संचालक रामजनम साहले जानकारी दिएका छन् ।
विद्युत सर्ट भएर आगलागी भएको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
आगलगी भएको घटनाको खबर पाउने बितिकै गरुडा नगरपालिका प्रमुख कन्थमनी प्रसाद जयसवाल पुगि नगरपालिकाको बारुण यन्त्र सहित सिम्रौनगढ नगरपालिकाको वरुण यन्त्र मगाई वरिपरिको पसलमा थप क्षती हुनबाट जोगाएका हुन् ।
घटना स्थलमा सशस्त्र प्रहरी बल,नेपाली सेना, स्थानीय प्रहरी लगायत स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको डिएसपी खनालले जानकारी दिएको छ।