कलैया : क्रिएटिभ एजुकेसन कन्सलटेन्सीले बाराको सदरमुकाम कलैयामा आफ्नो सेवा शाखा विस्तार गरेको छ। शैक्षिक तथा करियर मार्गदर्शन सेवालाई लक्ष्य गर्दै सो कन्सलटेन्सीले शनिबार दरबार होटल एण्ड ब्यान्क्वेटको सभाहलमा आयोजित कार्यक्रममा सेवा शाखा विस्तार गरेको जनाएको हो। एक समारोहबीच कन्सलटेन्सीको शाखा औपचारिक रूपमा सञ्चालनमा आएको हो।
शिक्षामा बढ्दो ठगीलाई रोक्ने उद्देश्यका साथ सो सेवा संचालन गरिएको हो। कन्सलटेन्सीले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई मार्गदर्शन,करियर काउन्सेलिङ,आवेदन प्रक्रिया र भिसा परामर्शलगायत सम्पूर्ण सेवा प्रदान गर्ने सो कन्सलटेन्सीले जनाएको छ।
अधिवक्ता डा. सुशील साहले वर्तमान युगलाई आर्टिफिसियल र क्रिएटिभ एजुकेसनको युग रहेको जनाए। उनले सीपमुखी शिक्षालाई प्राथमिकता दिन आग्रह गरे। ‘क्रिएटिभ एजुकेसन हासिल गरेर मात्र समाज, राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाइन्छ, उनले घोषणा गरे।
बनेपा शाखा प्रबन्धक राजकुमार घिमिरेले कलैया शाखाबाट सेवा लिन आउने पहिलो पाँच जना विद्यार्थीलाई ल्यापटप प्रदान गरिने घोषणा समेत गरे।
कन्सलटेन्सीले काठमाडौं, बनेपा, जनकपुर र कलैयामा गरी देशभर चार वटा शाखाबाट सेवा प्रदान गरिरहेको छ। उनले क्यानाडा, अस्ट्रेलिया, युके, चीन, भारत, बङ्गलादेश र अमेरिका लगायतका देशहरूमा विद्यार्थी पठाउँदै आएको जानकारी दिएका छन्।
कलैया उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि राजिव यादव रहेका हुन्। उनले शिक्षालाई व्यापारको रूपमा प्रयोग गर्दै विद्यार्थी ठगी गर्ने प्रवृत्तिलाई रोक्न आवश्यक रहेको बताए। नेपाल सरकारको मापदण्डअनुसार दर्ता नभएका कन्सलटेन्सीहरू नै विद्यार्थी ठगीको प्रमुख कारण रहेको उनले जनाए। विदेश पठाउने नाममा लाखौँ रुपैयाँ ठगी गर्ने समूहबाट सतर्क रहन उनले आग्रह गरे।
कुनै विद्यार्थी कतै ठगिन नदिन सचेत रहेको जनाउदै कन्सलटेन्सीलाई नमूना सेवा प्रदान गर्दै उदाहरणीय बन्न उनले सुझाव दिए।
कन्सलटेन्सीको कलैया शाखा प्रमुख विशाल गुप्ताको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कन्सलटेन्सीका प्रबन्धक अशोककुमार साह,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान,मधेस प्रदेशका कोषाध्यक्ष अनिल गौरव, प्रेस चौतारीका नेता अच्युत पौडेल, नेता चन्द्रिका गुप्ता,कलैया उपमहानगरपालिका –१ का वडा सदस्य शशी दास, राजु यादवको विशेष उपस्थिति थियो।
उक्त कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सुमित पटेलको थियो।









