कलैया । गत असार २४ गते रसुवामा आएको बाढीमा परी बेपत्ता भएका बाराका एक प्रहरी जवानको श्रीमतिलाई शुक्रबार एक कार्यक्रमविच नगद सहित सम्मान गरिएको छ।
प्रहरी दिवसको घर भई रसुवागढी नाकामा कार्यरत प्रहरी जवान स्वर्गीय मुन्ना ठाकुरको श्रीमतिलाई परिवारलाई प्रहरीले नगदसहित सम्मान गरेको छ।
नेपाल प्रहरीको ७० औं प्रहरी दिवसको अवसरमा बाराको फेटा गाउँपालिका वडा नं १ भलुही बस्ने प्रहरी जवान स्व. मुन्ना ठाकुरको श्रीमती गुन्जा ठाकुरलाई यसरी सम्मान गरिएको हो। जिल्ला प्रहरी कार्यालय बारामा आयोजित श्रद्धाञ्जलि अपर्ण तथा बिशेष कार्यक्रममा दोसल्ला ओढाएर नगद सहित सम्मान गरिएको हो ।
ठाकुरको परिवारलाई प्रहरी विपद तथा राहत कोषबाट ६ लाख रुपैयाँ बराबरको चेक प्रदान गरिएको हो। मधेश प्रदेश प्रहरी कार्यालयबाट प्राप्त ३५ हजार रुपैयाँ नगद सहित सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङले सो रकम हस्तान्तरण गरेका हुन्।
रसुवास्थित नेपाल–चीन सीमाको ल्हेन्दे खोला र भोटेकोशी खोलाको संगमस्थल क्षेत्रमा आएको बाढीका बेला ठाकुर उद्धार कार्यमा खटेका थिए।
बेपत्ता भएको लामो समयसम्म पनि उनको कुनै खबर नपाएपछि परिवारले उनलाई मृत सम्झेर साउन २३ गते कुशको शव बनाएर हिन्दू रिति अन्तिम संस्कार गरेका थिए।
शहीद तथा कर्तव्य पालनका क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारीहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै, उपस्थित अधिकारीहरूले प्रहरी परिवारको योगदान र त्यागको उक्त कार्यक्रममा वक्ताहरुले उच्च प्रशंसा गरेका थिए।









