बारा महागढीमाई नगरपालिका वडा नम्बर ७ तेलगाई निवासी किशोरी प्रसाद यादवले आफुहरुलाई ठगेको एक परिवारले आरोप लगाएका छन ।
कलैयामा मंगलवार पत्रकार सम्मेलन गरि जिल्ला पर्सा सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ औराहा निवासी हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ सोलकपुर बस्ने शिवपुजन महतो र उनका श्रीमति ममता देवी थरुनीले यस्तो आरोप लगाएका छन ।
शिवपुजनका सासु राजपति पजियारलाई बिरामीमा लागेको खर्च तिर्न र केही कर्जा पनि तिर्नुपर्ने हुदा २०७७ साल असारमा श्रीमति ममताको नाम रहेको १७ कठा १२ धुर ८ कनवा जग्गा किशोरी प्रसाद यादवसंग रु ५५ लाख २५ हजारमा बिक्री गर्नका लागि सबै कुरा मिलाएको तर हामीलाई झुक्याई ४ लाख २० हजार रुपैया दिई जग्गा आफनो नाममा पास गराएको शिवपुज र ममताले पत्रकार सम्मेलनमा बताए ।
बाकी पैसा माग्न जादा पटक पटक बहनाबाजी गर्दै समय टारदै गयो पछि कडाई गर्दा २०७७ साल असार २४ गते किशोरीले ५१ लाखको कपाली तमसुक गरिदियो शिवपुजनले भने । कपाली तमसुक गरेपछि पनि पटक पटक पैसा माग्दा उल्टै मलाई र श्रीमतिलाई डराउने, धम्काउने गर्दै तिमीहरुलाई फसाई दिन्छौ समेत भन्न थालेपछि आफुहरु डराएको ममताले भनिन् ।
पछि त मेरो श्रीमानको झोलामा रहेको चेकबुक चोरी गरि भाई नवलकिशोर प्रसाद यादवको नाम २०७७ साल भदौ ५ गतेको मितिमा श्रीमान शिवपुजनको नक्कली सही गरि रु ५० लाखको चेक काटी हामी माथि नै मिति २०७७ साल भदौ २१ गते मुद्धा दर्ता गराई डराउने धम्काउने काम अहिले सम्म जारी राखेको हुदा मेरो पैसा उपलब्ध गराईदिनका लागि पत्रकार सम्मेलन मार्फत सम्वद्ध सबैलाई आग्रह गर्दछु ममताले भनिन् ।
मेरो ४ छोरी १ छोरा सहित ६ जनाको परिवार रहेकोमा मेरो भएभरको जग्गाठगी गरि आफुहरुलाई किशोरीले अलपत्र पारेको आरोप समेत ममताले लगाईन । घटनाबारे सत्यतथ्य छानबिन गरि दोषी माथि कार्यवाही गर्न माँग समेत ममताले गरिन् ।