सिकेन्द्र पासवान/
प्रसौनी गाँउपालिकामा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार सुनिल गुप्ताले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन ।
पत्रकार सम्मेलन गरि उनँले आफनो घोषणापत्र सार्वजनिक गरेका हुन । शिक्षा, स्वास्थ्य, कृषि,रोजगार र भौतिक पुर्वाधारमा जोड दिदै यस क्षेत्रको बिकासका लागि कुनै कसर बाकी नराख्ने प्रतिवद्धता ब्यतm गरेका थिए ।
भष्टाचार मुतm पालिका बनाउनका लागि हेल्पडेक्स निर्माण गरि सेवाग्राहीहरुलाई छिटो छरितो रुपमा सेवा प्रदान गर्नेका लागि व्यवस्था मिलाउने बताए ।
दलित जेहन्दार,गरिब गरि ५० जना बिधार्थीहरुका लागि मासिक रु २ हजार प्रोत्साहन स्वरुप दिने, एक जना एमबिबिएस डाक्टर,१ जना ईन्जिीनियर पढनका लागि बार्षिक रुपमा बजेट छुटयाई पढनका लागि सहयोग गर्ने,स्नातक पास गर्ने बिधार्थीहरुलाई जागिर नलागे सम्म मासिक रु ३ हजारको दरले प्रोत्सहान भता दिने, विवाह मण्डप, निर्माण वृद्धा आश्रम, अनाथालय निर्माण, ५ बर्षमा ५ सय जनालाई रोजगारको व्यवस्था गर्ने, १ सय यूनिट बिधुत खपत गर्नेहरुलाई ५० यूनिट बिधुत फ्रि गरि दिने जस्ता योजनाहरु घोषना पत्रमा रहेको छ ।
त्यति मात्र नभई शिक्षा क्षेत्रमा ५०, स्वास्थ्य क्षेत्रमा २५, पर्यटन क्षेत्रमा २५, अधोगिक सुरक्षा क्षेत्रमा २५, ड्राइभर तथा सहचालकमा २८ जना, सरसफाई क्षेत्रमा २५ जना गाँउपालिका प्रहरीमा ३५ जना बिभिन्न उधोगका श्रमिकको रुपमा १ सय जना र स्वरोजगार अन्तरगत सिलाई, कटाई, प्लम्बर, बिजुली मिस्त्री गरि १ सय ७२ जनालाई कम्तीमा रोजगारीको व्यवस्था गर्ने लक्ष्य रहेको गाँउपालिका अध्यक्षका उम्मेदवार गुप्ताले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।
सो अवश्रमा पालिकाका उपाअध्यक्ष, वडा अध्यक्षहरुका उम्म्ोदवार सहित नेपाली काँग्रेसका महासमिति सदस्य लुकेश सिहको सहभागिता रहेको थियो ।