जिल्ला समन्वय समिति बारामा एमालेका साह निर्वाचित

गढीमाईखवर डट कम
98 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

सिकेन्द्र पासवान
५ दलिय गठबन्धनलाई भारी मतले प्राजितगर्दै नेकपा एमालेले जिल्ला समन्वय समितिको प्रमुख,उपप्रमुखमा जित हात पारेका छन ।

सम्पन्न निर्वाचनमा ३२ मत खसेको थियो । एमालेका नरेन्द्र कुमार साहले २० मत ल्याई बिजयी हुनु भएको प्रमुख निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिए ।

उहाँको निकडतम प्रतिद्धन्द्धी गठबन्धनका नेपाली काँग्रेसको तर्फबाट प्रमुखका उम्मेदवार रामदेयाल महतोले ९ मतमा मात्र चित बुझाउनु परेको छ । ३ मत भने बदर भएको थियो ।

त्यसैगरि उपप्रमुखमा एमालेकी चन्डीका उप्रेतीले १७ मत प्राप्त गरी निर्वाचित भएकी छिन भने गठबन्धनबाट जसपाका उपप्रमुखका उम्मेदवार पवन कुमार ब्याहुतले १५ मत प्राप्त गरेका छन ।

पुरुष तर्फ ३ जना जसपा, महिला तर्फ १ जना लोसपा, २ जना एमाले र दलित तथा अल्पसंख्यबाट १ जना लोसपाको सदस्य निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।

समन्वय समितिको निर्वाचनमा ९ वटा पदका लागि प्रमुख उपप्रमुख र सदस्यहरु ग्रि २२ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

साझा गर्नुहोस्