बरियारपुर बजारमा खुल्याम जुवातास,प्रहरी चौकी मौन

गढिमाइ खबर
51 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

श्रीकान्ता गुप्ता /
महागढीमाई नगरपालिका वडा नं–२ मा रहेको बरियारपुर बजार दिन प्रती दिन जुवातासको अडा बन्दै गएको छ ।

दशौं तिहार शुरु हुने बितिकै प्रतेक बर्ष जस्ता यस बर्ष पनि बरियारपुर प्रहरी चौकी सेटीङ्गामा प्रहरीले जुवाडीलाई बजारमा जुवा खेल्न सजिलो बनाएको छ ।

दुर्गा पुजाको उपल्क्षयमा लगाएको दुर्गा मेलामा बरियारपुर प्रहरी चौकीले पैसाको प्रलोभनमा परेर जुवाडीलाई जुवा खेल्न निर्धक रुपमा लगाएको छ ।

जुवाडीहरुले जुवा लामटेन र लाइट ग्यास बालेर राती २ बजे सम्म जुवाडीहरु जुवा खेलिरहेका छ ।

प्रतेक दिन लाखौं रुपैया भन्दा बढीको जुवा खेलमा बालबालिका पनि सहभागि रहे पनि बरियारपुर प्रहरी चौकीको इन्चार्ज राजन थापाले पैसाको प्रलोभमा परेर बरियारपुर बजारलाई जुवाडीको आडा बनाएको छ ।

प्रहरीले जुवाडीको अडा बनाइएको बरियारपुर बजारमा विभिन्न महिला ,बालबालिका ,सर्बसधारणहरु माल समान खरिद बिक्री गर्न बजारमा आउन जान आफुलाई असुरक्षित महसुस गरेको छ ।

त्यस्तै थापाको रवइया देखेर बजारका ब्यापारीहरु पनि पिडित भएको एक व्यापारीले बताए ।

त्यस्तै थापाले नगरपालिका भित्री विभिन्न राजनितिक दल र कार्यकर्ताको प्रलोभनमा परेर जनताको काम गर्नुको सट्टा विभिन्न राजनितिक दल र कार्यकताको काममा बढी चादो दिएको छ ।

केही स्थानीय नेताले आफ्नो पार्टी र भोट बैक बनाउनको लागी एक अर्कालाई झैझगडा गराउने फसाउने र छुटाउने क्रियाकलामा प्रहरी चौकीको संलग्नता रहेको स्थानीयको आरोप छ ।

झैझगडा भएको ठाउँबाट प्रहरी चौकीलाई जनकारी गराएमा टालमाठ गरी समय बिताएर जाने गर्दा प्रहरी चौकीको इन्जार्ज थापाबाट स्थानीयहरु पिडित रहेकोछ ।

बरियारपुर प्रहरी चौकी इन्चार्ज थापाको भ्रक्षक स्वभावबाट नगरभित्री गुन्डागर्दी, चोरी, निकासी कुटपिटबाट महागढीमाई नगरपालिका र जिल्ला प्रहरी कार्यालय पनि बदनाम हुन लागेकोछ ।

साझा गर्नुहोस्