बारामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाईयो

गढिमाइ खबर
197 पाठक संख्या

कलैया : कम्प्युटर एसोसिएसन नेपाल महासंघ बाराले कलैयामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस शुक्रबार मनाएको छ।

यस अवसरमा महासंघले भरत चौकदेखि निकालेको प्रभातफेरीले नगर परिक्रमा गरेको थियो। वारा उद्योग वाणिज्य संघको सभा हलमा आईसिटी कार्यशाला गोष्ठीमा सो प्रभात फेरी परिणत भएको थियो।

सूचना प्रविधिको अभियान,डिजिटल नेपालको निर्माण,ई– नेपाल सपना,हाम्रै हातमा सम्भव,समृद्ध नेपालको आधार,सूचना प्रविधि र सञ्चार,सूचना प्रविधी,शिक्षादेखि समृद्धिसम्म“ भन्दै उक्त र्‍यालीमा नारा लगाइएको थियो ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ बाराका अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह रहेका हुन्। उनले पानसमा बत्ति बाली सो गोष्ठीको उद्घाटन गरेका थिए।

सो कार्यक्रममा ईन्टरनेट तथा सामाजिक संजाल,साइबर क्राइम अपराध,ब्लैकमेलिङ्ग,कानुनी व्यवस्था सम्बन्धी,डाटा अटोमेशन,नेटवर्क,साइबर सेल,जिआईएस र सिमानाकाको स्तम्भ रेकर्ड र एआइको भबिष्य लगायतको विषयमा सहभागिलाई जानकारी गराइएको थियो। जिल्ला प्रहरी कार्यालय बारा अन्तर्गत रहेका समुदाय प्रहरी साझेदारीका रन्जनकुमार साह,सशस्त्र प्रहरी बल नम्बर १२ गणका सशस्त्र प्रहरी निरीक्षक ई.विक्रम केसीले सो कार्यक्रममा प्रशिक्षण दिएका थिए।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल टेलिकम बाराका प्रमुख अमित साहले प्रविधिको सदुपयोग गर्न आग्रह गरे। उनले एसईई परीक्षा पास गर्ने विद्यार्थीहरुलाई नेपाल टेलिकमले प्रदान गरेको सिमलाई दुरुपयोग नगरी अध्ययन तर्फ सदुपयोग गर्न आग्रह गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि बारा उधोग वाणीज्य संघका अध्यक्ष राजकुमार साहले विद्यार्थीहरुलाई हप्तामा एक दिन ईलोक्ट्रोनिक डिभाइस होलिडे मनाउन सुझाव दिए।

उक्त कार्यक्रममा कम्प्युटर महासंघ मधेस प्रदेशका अध्यक्ष गणेश शर्माको विशेष सकृयता तथा उपस्थिति थियो। कार्यक्रममा क्यान बाराका पुर्व अध्यक्ष शशीभुषन साह,जिल्ला प्रहरी कार्यालय बारा अन्तर्गत रहेका समुदाय प्रहरी साझेदारीका जिल्ला इन्चार्ज प्रहरी सहायक निरीक्षक राजकिशोर पटेल,नेपाली सेनाका क्याप्टेन अनमोल प्रसाई,सामाजिक अभियन्ता ई.सौरभ चौगाईको विशेष उपस्थिति थियो।

उक्त कार्यक्रममा बाल एकता बोर्डिङ स्कुल +२ विज्ञान तथा म्यानेजमेन्ट कलेजका कक्षा ११ र मनकामना बोर्डिङ स्कुल कक्षा ७,८ र ९ का विद्यार्थी,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो।

कम्प्युटर एसोसिएसन महासंघ बाराका निवर्तमान अध्यक्ष संजय केशरीको स्वागत रहेको उक्त कार्यक्रमको संचालन सचिव बिनोद साहले गरेका थिए।

साझा गर्नुहोस्