महिला कर्मचारीमाथि बालात्कारको प्रयास गरेको आरोपमा सरसफाई नाईकेको करार अवधि पर्साको पोखरिया नगरपालिकाले रद्ध गरेको छ ।
नगरपालिकाको सरसफाई शाखामा करार सेवामा कार्यरत रहेका नाईको रामबली हजराको करार अवधि रद्ध गरेको हो ।नगरपालिकाले सोमबार एक सूचना जारी गरी यस बारे जानकारी दिएको हो ।
पोखरिया नगरपालिका वडा नं.१ बस्ने सरसफाई नाईके रामबली पासवान र यस पोखरिया नगरपालिकाको कार्यालय, पर्सा विच भएको करार सम्भौता हालको लागि रद्ध गरिएको सो सूचनामा लेखिएको छ ।
नगर प्रमुख प्रद्धुम्न चौहानद्वारा हस्ताक्षरित सूचनामा हजराले कार्यालयबाट पाएको सम्पूर्ण सेवा सुविधाबाट बंचित गरिएको भनिएको छ । मँसिर ३० गते राति नगरपालिकामा बोलाएर नाईके हजराले सरसफाई महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेका थिए ।
बलात्कार प्रयास गरेपछि ती महिला कर्मचारी र उनका श्रीमानले त्यस्को भोलि पल्ट ईलाका प्रहरी कार्यालय पोखरियामा जाहेरी दर्ता गराएका छन् ।बलात्कारको प्रयास गरेका हजरा भने हालसम्म फरार छन् ।
उनको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । हाल यो मुद्दा प्रहरी प्रशासनद्धारा छानविन भईरहेको छ ।
यस मुद्दालाई टुङ्गो लगाउन पोखरिया नगरपालिकाको कार्यालयले आवश्यक सहयोग गर्नेसमेत जानकारी सुचना मार्फत गराइएको छ । कार्यालयका सरसफाई शाखा प्रमुखको हैसियतले कार्यालय सरसफाईको लागि सरसफाई नाईकेलाई निर्देशन मात्र दिईएको हो ।
उक्त घटनामा कुनै प्रकारको संलग्नता नरहेकोले शाखा प्रमुखलाई बिभिन्न संञ्चार माध्यमबाट धाकधम्की तथा मानसिक तनाव नदिनु नदिलाउनुको लागि अनुरोध समेत सूचना मार्फत गरिएको छ ।









