कलैया : पछिल्लो तीनदिन देखी परेको अविरल बर्षाले देशभर नै जनधनको क्षति भएको छ । निरन्तरका बर्षाले सवैभन्दा बढि काठमाण्डौ उपत्यका क्षेत्रमा बढि क्षति गरेको छ ।
भारी बर्षाका कारण शनिवारसम्मा देशभरका ७ वटै प्रदेशमा गरी शनिवारसम्म करिब ६६ जनाले बाढी,पहिरोका कारण ज्यान गुमाएका छन । भने ७९ जना बेपत्ता भएका र ३५ जना घाइते भएको जनाइको छ ।
सशस्त्र प्रहरीले दिएको तथ्याँक अनुसार बाढी पहिरोबाट उपत्यकाको तीन जिल्ला काठमाडौँमा ११ जना,भक्तपुरमा ५ जना र ललितपुरमा १८ जनाको मृत्यु भएको छ ।
यसैगरी पाँचथरमा ५ जना,धनकुटामा २ जना,सोलुखुम्बुमा २ जना,सुनसरीमा १ जना,काभ्रेमा १४ जना,धादिङमा १ जना,सिन्धुपाल्चोकमा ४ जना,दोलखामा ३ जनाको मृत्यु भएको जनाईएको छ।
यसैगरी बाढी पहिरोमा परेर ललितपुरमा १५,काभ्रेमा २६,काठमाडौँमा ६,मकवानपुरमा ७,दोलखामा ३,झापामा ४,पाँचथरमा ५,सिन्धुपाल्चोकमा ५ जना सहित अन्य विभिन्न जिल्लामा गरि तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता भएको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिएका छन ।
बाढी पहिरोमा परेर शनिवारसम्म देशभरमा दुई सयभन्दा बढी घर क्षति भएको पनि जनाइएको छ । बाढी,पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि गृहमन्त्रालय अन्तरगत नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेनालाई फौज बनाएर टोली परिचालन गरिएको छ ।









