सिकेन्द्र पासवान/
कलैया उपमहानगरपालिका वडा नम्बर १९ पहिचानपुरमा एक जना साहुले ५ जना डोम समुदायका ब्यतिmहरुको घर बन्न नदिदा तिनीहरुको उठिबास भएको छ ।
प्रदेश सरकारको बजेटबाट बिपन्न दलितहरुको आवास बनाउनका लागि जनता आवास कार्यक्रम अन्तरगत बिरेन्द्र मलि,नन्दु,रामदेव,रमेश र छोटेलाल मलीको घर निर्माणका लागि प्रदेश सरकारबाट आएको रकमबाट घर निर्माण गर्नका लागि बालु, गिटी, छड, सिमेन्ट समेत खसाली जग खनि सकेको अवस्थामा सोहि ठाँउ निवासी साहु मनोज कलवारले तिनीहरुको घर निर्माणमा रोक लगाउदा ती डोम समुदायका ब्यतिmहरुलाई निकै सास्ती भाग्नु परेको हो ।
पक्काको नयाँ घर निर्माणको आशमा बर्षाको बेलामा पनि पुरानो घर भत्काई नयाँ घर निर्माणको शुरसारमा रहेको अवस्थामा रोक लगाउदा उनीहरु घर न घाटको भएका छन । झरी हुदा पाल टागी बस्न बाध्य भएका छन उनीहरु । बढी बर्षा हुन थालेपछि सरकारी स्कुलमा गई बर्षाभरी लुक्ने गर्दछु रमेशले आफनो दुखेसो सुनाए ।
२०७० सालमा रामअसरे मलिकको श्रमति फुला देवीले आफनो नाममा रहेको १९ धु नम्बरी जग्गा घर ब्यवहार चलाउनका लागि साहु मनोजसंग रु १ लाख ७० हजार जग्गा उनको नाममा पास गरि कर्जा लिएका थिए ।
सोही कर्जा लिएको ४ बर्ष अर्थात २०७४ सालमा १ लाख ५० हजार रुपैया साहु मनोजलाई दिइसकेको र छोरालाई साहको भाई अनोज कलवारले हडी भाचदा त्यसको उपचार वीरगंजमा डाक्टर रोसन अलीसंग रु ८० हजार रुपैया अरु ब्यतिmसंग कर्जा लिई उपचार गराई निको गरेको थिए फुलाले भनिन् ।
अरुसंग लिएको ८० हजार कर्जाको रु १ लाख ५० हजार तिरी सके तर साहु मनोजले एक रुपैया दिएन । उनले भनेको थिए कि तिमीसंग मेरो कर्जा छदैछ पछि कटा गरिहाल्छु तर अहिले आएर ब्याज सहित रु १६ लाख रुपैया भयो भन्दै धम्काउने गरेको फुलाले दुखेसो गरिन् ।
साहु साहले १६ लाख देउ नत्र तिम्रो घर बन्न दिन्नौ भन्दै रोक लगाएको हुदा म सारै अन्यायमा परेको छु कहाँ जाँउ के गरौ फुलाले थपिन । परिवार चलाउन त मुस्किल परेको छ साहुले भनेको १६ लाख रुपैया कहाबाट तिर्ने चिन्ताले रातभरी निन्द्रा लाग्दैन फुलाले बताईन ।
एका सगौल भित्रका अलग अलग भई १९ धुर नम्बरी जग्गा बाहेक करिब ३ कठा एैलानी जग्गामा ११ घरधुरीमा छरिएर बसोवास गरेका ती डोम समुदायको जनसंख्या भने ६५ जना रहेको छ । बासको नागलो, दौरा, सुपा, बेना ( पंखा ) बनाएर ती समुदायका ब्यतिmहरुले गुजरा चलाउदै आएका छन ।
वडा नम्बर १९ का वडा अध्यक्ष हरेन्द्र राउत कुर्मीले धेरै मेहनतका बाबजुद पनि तिनहिरुको घर निर्माणका लागि छनौट भएको बताउदै समाजमा अति पिछिएका दलित समुदायका ती डोमहरुको घर निर्माणमा रोक लगाउनु दुखद भएको बताउनु हुदै समस्या समाधान गर्न साहु स्वयम आफै अग्रसर हुनुपर्ने धारणा ब्यतm गरे ।
यता साहु मनोजले समाजको रोहबरमा दुवै पक्षलाई राखी पंन्चायती गरि मेरो ब्याज सहितको १६ लाखको लिनुपर्नेमा ६ लाख रुपैया मात्र फुलासंग दिलाउने पंन्चहरुले सहमति गरेपनि सो पैसा नदिएका कारणले आफु घर निर्माणमा रोक लगाएको बताए ।
रोक लगाउदा जनता अवास अन्तरगतको दलित अवास प्रभावित हुने भएको छ । बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद रामबाबु कुमार यादवले प्रदेश सरकारको जनता अवासले निर्माण हुने गरेको डोम समुदायको घर रोक्न नमिल्ने बताए ।