महिलाहरुलाई खोजमूलक पत्रकारिता तालिम

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 1 मिनेट

महिलाहरुको लागि खोजमूलक तीन दिने पत्रकारिता तालिम कलैयामा शुक्रवार शुरु भएको छ ।

साझेदारी राष्ट्रिय दैनिक पत्रिकाको ८औ बार्षिकोत्सवको अबसरमा बाराको कलैया स्थित दरवार होटेलमा तीनदिने पत्रकारिता तालिमको शुरु भएको हो ।

तीनदिने पत्रकारिता तालिमको उद्धघाटन कलैया उपमहानगरपालिकाको नगर प्रमुख विनोद साहले गनुभएको थियो । नगर प्रमुख साहले तालिमको उद्धघाटन कार्यक्रमको प्रमुख अतिथिमा बोल्दै आफु नगरपालिकामा कुनै भष्टचार नगर्ने बताउनु भएको छ ।

महिला पत्रकारिताको बिकास गर्ने उद्धेश्यले आयोजित तालिमले दक्ष्य पत्रकार उत्पादन गरोस भन्ने शुभकामना दिदै नगरप्रमुख साहले अनेष्ट इज द बेस्ट पोलिसी मानेर आफुले काम गरी रहेको बताउनु भयो ।

पत्रिकाका प्रकाशक एवम् नेपाल प्रेस युनियन बाराको अध्यक्ष श्यामबाबु प्रसाद यादबको अध्यक्षतामा भएको तालिम उद्धघाटन कार्यक्रममा बाराका ५५ महिला पत्रकारहरु सहभागी रहेका छन् ।

तालिमको प्रशिक्षकमा पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष गुरुप्रसाद गौतम रहेका छन् । पत्रकारिता तालिम तीनदिन सम्म चलने साझेदारी दैनिकका बजार ब्यवस्थापक सन्दीप पटेलले बताए ।

 

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *