आदर्शकोतवालका युवाद्वारा जिल्ला प्रशासन कार्यालयमा १४ बुँदे ज्ञापनपत्र बुझाइयो

गढिमाइ खबर
468 पाठक संख्या

कलैया । बाराको आदर्श कोतवाल गाउँपालिकाका यूवाले मंगलबार जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र दिएका छन्। प्रदिप कुशवाहाको नेतृत्वमा गएको टोलिले १४ सुत्रीय सो ज्ञापनपत्र बुझाएको हो।

टोलिमा राजकिशोर साह,डिके सिंह,साहेब गुप्ता र राजन यादव लगायतका रहेका थिए। ज्ञापनपत्रमा आदर्श कोतवाल गाउँपालिका कार्यालयमा स्ट्रिट लाईट जडान तथा पालिकामा भईरहेको भ्रष्टाचार अनियमितता सम्बन्धी विषय लिएर तीन दिन देखी युबाहरुले शान्तिपूर्ण आन्दोलन गरिरहेको उल्लेख छ।

गाउँपालिका कार्यालयमा तलाबन्दी भएको सबैलाई जानकारी भएकै कुरा सो ज्ञापनपत्रमा जनाइएको छ। गाउँपालिका अध्यक्ष आफै वार्तामा बसी मागहरु पुरा नगरे सम्म आन्दोलन जारी रहने यूवाहरुको अडान रहेको छ। मागहरु पुरा गर्न समन्वय गरी गराई दिन हुन ज्ञापनपत्रमा अनुरोध गरिएको छ।

शुभ दिपावली र महान पर्व छठलाई लक्षित गरी गाउँपालिका को प्रत्येक वडाहरुको बिजुली पोलहरुमा लगाउने अस्थायी बत्तीहरु जडान नगरी उक्त बत्तीको सट्टामा सबै बडामा उपयुक्त स्थानको पहिचान गरी स्ट्रिट लाईटको जडान गाउँपालिका कार्यालय बाट गराउन ज्ञापनपत्रमा माग गरिएको छ।

गाउँपालिका कार्यालयवाट संचालन भएको सम्पुर्ण योजना तथा कार्यक्रम हरुमा जनसहभागिता हुने गरी उपभोक्ता समिति गठन गरी संचालन गर्ने र कार्यक्रम स्थलमा अनिवार्य सूचना बोर्डको व्यवस्थापन गराउने र कार्यक्रम सम्पन्न भएको प्रतिवेदन पालिकाको वेव साईटमा अपलोड हुने गरी सार्वजनिक गर्ने÷गराउने माग उनीहरुको छ।

सामाजिक सुरक्षा भत्ता वित्तरण गर्नका लागी अपाङ्ग असक्त तथा जेष्ठ नागरिकहरुका लागी प्रत्येक वडामा घर पायक हुने गरी व्यवस्था मिलाउन माग गरिएको छ। प्रत्येक आर्थिक वर्षमा गाउँसभा र गाउँपरिषद गाउँपालिका कार्यालयमा जनसहभागिता हुने गरी गाउँपालिका कार्यालय द्वारा गाउँपालिका सभा हलमा आयोजना गर्ने गराउने भनेर ज्ञापनपत्रमा लेखिएको छ।

पालिकामा भएको अविरल वर्षाको कारण किसानहरुको धान बाली र गाउँवस्तीमा भएको सम्पुर्ण क्षतिको पहिचान गरी उचित मुआब्जाको व्यवस्था गाउँपालिका कार्यालय द्वारा गर्न माग गरिएको छ। वडा नं.०५ को रुपौलिया टोल देखी मेवा जाने सडकलाई उचित व्यवस्थापन नभएको कारणले गर्दा पानी परेको वखतमा पानी जम्मा भई गाउँवस्ती प्रत्येक वर्ष डुवान हुदै आएकोमा छिटो भन्दा छिटो उचित व्यवस्थापन गरी उक्त समस्याको समाधान गर्न माग उनीहरुको छ।

गाउँपालिका र पालिका मातहतका सबै कार्यालयहरुमा कर्मचारी समयमा नआउने आउने पनि अटेर गरी मनोपोली गरिकाले कामहरु गर्दै आएको हुनाले सेवाग्राहीहरु मार गर्न गएको हुनाले सम्पुर्ण कार्यालयहरुमा समयमै कर्मचारीको उपस्थिति हुने गरी सहज बतावरण सेवा प्रवाह गर्ने वतावरण मिलाउन ज्ञापनपत्रमा माग गरिएको छ।

पालिका मातहत रहेको स्वास्थ्य चौकीहरुमा औषधीहरु लगायत आवश्यक समाग्रीहरुको अभाव रहेको हुनाले आवश्यक औषधी तथा सामाग्रीहरुको पूर्ति गरी स्वास्थ्य सेवा सहज बनाउन माग गरिएको छ।

पालिका अन्तर्गत रहेको व्यवस्थापन समिति विहीन रहेको विद्यालयहरुमा विद्यालय व्यवस्थापन समितिको गठन तुरुन्तै गर्न गाउँपालिका कार्यालय द्वारा व्यवस्था मिलाउने र सबै विद्यालयको लेखापरीक्षण समयमै गराई गाउँपालिका कार्यालयको वेवसाईटमा सार्वजनिक गर्न व्यवस्था मिलाउने तथा श्री राम चरित्र मा वि लगायतका विद्यालयहरुको जग्गाहरु लथालिङ्ग रहेको तथा केही व्यक्तिहरुले जोरजबरदस्ती अतिक्रमण गरी भोग गर्दै आएको हुनाले सो अतिक्रमण भएको सम्पूर्ण जग्गाहरु छोडाई स्कुलको मातहतमा ल्याई जिर्ण भएको जग्गाहरुको श्रेष्ता समेत कायम गर्ने गराउने गरी गाउँपालिका कार्यालयबाट व्यवस्थापन गरी गराउन माग ज्ञापनपत्रमा गरिएको छ।

गाउँपालिका मातहत रहेका सम्पूर्ण मठमन्दिरहरुमा व्यवस्थापन समिति गठन गरी प्रचलित कानुन बामोजिम संचालन गर्न व्यवस्था मिलाउन माग ज्ञापनपत्रमा गरिएको छ। आदर्श कोतवाल गाउँपालिका वडा नं.०४ स्थित हरनैया चौक लगायत पालिकामा रहेको सम्पुर्ण वजारहरु व्यवस्थापन गर्न व्यवस्था मिलाउन भनिएको छ।

पालिकाहरुमा भएको जायज मुद्दा तथा युवाहरुको माग लाई सम्बोधन गर्न व्यवस्था मिलाउन माग गरिएको छ। आदर्श कोतवाल गाउँपालिका वडा नं.०६ हुलाकी सडक स्थित पटेर्वा चौकमा सि सि क्यामेरा जडान गर्न व्यवस्था मिलाउन ज्ञापनपत्रमा भनिएको छ।

आदर्श कोतवाल गाउँपालिका वडा नं.०६ स्थित पटेर्वामा डमारमा रहेको फिल्डलाई व्यवस्थित गरी मर्मत गर्न व्यवस्था मिलाउन भनिएको छ। युवाहरुको जायज मागहरु पुरा गर्न व्यवस्था मिलाउने हाम्रो मागँहरु यथाशिघ्र पुरा गरी आन्दोलन स्थगित गर्ने वातावरण मिलाई दिन समेत ज्ञापनपत्रमा अनुरोध गरिएको छ।

साझा गर्नुहोस्