जितपुरसिमरा उपमहानगरपालिकामा आईतबार पनि बिद्यालय खोल्न दिनुपर्ने माग

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 1 मिनेट

रञ्जन यादब

बारा १८ जेठ

जीतपुरसिमरा उपमहानगरपालिका संस्थागत बिद्यालयहरु आईतबार पनि खोल्न दिनुपर्ने माग गरेका छन् । उनीहरुले उपमहानगरपालिकाको उप प्रमुख भोला अधिकारीलाई ज्ञापन पत्र बुझाई आईतबार पनि बिदा दिने  निणर्य प्रती असन्तुष्टि जनाउँदै  कटौती गर्नुपर्ने माग गरेका हुन् ।

हरेक हप्ताको शनिबार र आईतबार पनि बिद्यालय बन्द गर्दा बिद्यार्थीहरुको पढाई प्रभाबित हुने देखेर आफुहरुले आईतबार बिदा दिने कुराको बिरोध गरेका लोटस एकेड्मी सिमराका सञ्चालक राम अधिकारीले जानकारी दिनुभयो ।कोरोनको संक्रमणबाट लामो समय देखि  प्रभाबित  पठनपाठन भर्खरै लयमा फर्किरहँदा हप्तामा  दुई दिने निणर्यहरुले पाठ्यपुस्तकका कोर्सहरु समयमै नसकेर प्रभाबित हुने निजी बिद्यालयका सञ्चालकहरुको दाबी छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको करिब ५० जना बिद्यालयका सञ्चालकहरु एकजुट भएर यस्तो माग गरेका हुन् । नेपाल सरकारले जेठ महिना देखि नेपालभरीका निकायहरुमा हप्तामा दुई दिने बिदा दिने निणर्य गरेको थियो । यसको कार्यान्वयनकोलागि जीतपुरसिमरा उपमहानगरपालिकाले  उपमहानगरभरीका संस्थागत र  सामुदायिक बिद्यालयहरुलाई बिदा दिने निणर्यको पालना गर्न सुचना निकालेको थियो ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *