सुकलैयामा सप्तदिवसीय आध्यात्मिक प्रशिक्षण सम्पन्न

गढिमाइ खबर
48 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

डुमरवाना : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ सुकलैयामा सप्तदिवसीय आध्यात्मिक आवसीय प्रशिक्षण कार्यक्रम“आईतबार सम्पन्न भएको छ ।

श्रीकृष्ण प्रणामी मन्दिर सिमरा एवं मेहेरसागर कृपासिंधु गुरुकुल मेहेरसागर आश्रम सुक्लैया बाराको नियमित कार्यक्रमको रूपमा रहेको सो प्रशिक्षण कार्यक्रममा कक्षा ४ देखि ९ कक्षाको परिक्षा दिएर बसेका बालबालिकाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा मेहेरसागर कृपासिंधु गुरुकुल सुक्लैया एवं श्रीकृष्ण प्रणामी मन्दिर सिमराका संरक्षक साहित्याचार्य जनार्दन महाराजजी को प्रमुख प्रशिक्षकत्व मा विदुषी माताजी उषा घिमिरे र युवा कथाकार सुश्री उषारती प्रियाजीले प्रशिक्षण दिनुभएको थियो ।

गत चैत २५ गतेदेखी संचालित आध्यात्मिक आवसीय प्रशिक्षण कार्यक्रम आईतबार श्रीकृष्ण प्रणामी मन्दिर सिमराका अध्यक्ष मधुसुदन सिटौलाको अध्यक्षतामा सम्पन्न भएको हो । सो समापन सहमारोहमा साहित्याचार्य जनार्दन महाराजजीले सहभागी बालबालिकाहरुलाई प्रमाणपत्रको वितरण गर्नुभएको थियो ।

कक्षा ५ देखी ९ सम्मका बालबालिकाहरुलाई धर्म,संस्कृति,आध्यात्मिक ज्ञान र श्रीकृष्ण प्रणामी धर्मका बारेमा प्रशिक्षित गर्ने उदेश्यले आध्यात्मिक प्रशिक्षण कार्यक्रमको आयोजना गरीएको गुरुकुलकी संचालिका एवम् विदुषी माताजी उषा घिमिरे ज्युले बताउनुभयो ।

उक्त प्रशिक्षण कार्यक्रममा बारा,पर्सा,रौतहट,मकवानपुर र चितवनका करिब ८० जना बालबालिकाहरुको सहभागीता रहेको थियो।

यसैगरी दोस्रो चरण कार्यक्रम अन्तरगत नव वर्ष २०८२ वैशाख १ गते देखि ७ गते सम्म अर्को प्रशिक्षका कार्यक्रम हुदैछ ।

एसईई परिक्षा दिएर बसेका भाईवहिनीहरुलाइ वा सो भन्दा माथिका अन्य विद्यार्थीहरूका लागि लक्षित गरि पुनः साप्ताहिक आवासीय प्रशिक्षण कार्यक्रम गरिने मन्दिर समितिका अध्यक्ष सिटौलाले जानकारी गराउनुभयो ।

साझा गर्नुहोस्