बारा प्रहरीले विभिन्न मुद्दाका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन् ।
वन जरिवाना मुद्दामा अदालतबाट ४२ हजार पाँच सय दण्ड जरिवाना पाएका कलैया उपमहानगरपालिका वडा नम्बर १५ बकुलहर वस्ने ४८ वर्षीय सहदेव सहनीलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।
यस्तै कलैया ५ घुसुकपुर वस्ने ४५ वर्षीय सागरप्रसाद लामिछाने पक्राउ परेका छन् । जुवा जरिवाना मुद्दामा लामिछाने माथि दुई सय जरिवाना गरिएको हो ।
चोरी मुद्दा लागेका बाराको महागढीमाई नगरपालिका वस्ने २८ वर्षीय रुसतम अन्सारी प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँमा वस्ने चोरी मुद्दाका फरार ४८ वर्षीय राजेशप्रसाद यादव पक्राउ परेका हुन् ।
बाराको महागढीमाई ५ कबही वस्ने जुवा मुद्दाका अन्दाजी ४१ वर्षीय अनिलकुमार साह पक्राउ परेका हुन् । यस्तै कुटपिट तथा लुटपिट मुद्दाका वडा नम्बर ७ तेलगाई वस्ने राजेन्द्र राय यादव पक्राउ परेका हुन् । सोही मुद्दाका सोही ठाउँका ५२ वर्षीय नवलप्रसाद यादव पक्राउ परेका हुन् ।
उनीहरुलाई एक सय रुपैयाँको कैद सजाय गरिएको हो ।सोही ठाउँ वस्ने सोही मुद्दामा फरार र तीन सय १३ रुपैयाँ जरिवाना लागेका ६० वर्षीय अनुठाप्रसाद यादव पक्राउ परेका हुन् ।
भ्रष्टाचारमा छ महिना कैद सजाय पाएका बारा सिम्रौनगढ वडा नम्बर ६ बसवरियाका ५१ वर्षीय रामुप्रसाद यादव पक्राउ परेका हुन् । किर्ते मुद्दाका आर्दश कोतवाल गाउँपालिका वडा नम्बर ६ वस्ने सुखलाल महतो पक्राउ परेका हुन् ।
यस्तै करकाप मुद्दामा आदर्शकोतवाल वडा नम्बर ८ कोतवाली वस्ने वर्ष ४५ का विनोदलाल कर्ण पक्राउ परेका हुन् ।
ठगी मुद्दामा तीन महिना कैद र पाँच सय रुपैयाँ जरिवाना सजाय पाएका बाराका फेटा गाउँपालिका वडा नम्बर ६ पुरैनिया वस्ने तोबारक मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।