बारामा अवैध सामान बरामद

गढिमाइ खबर
138 पाठक संख्या

कलैया । सशस्त्र प्रहरी बलले बाराको विभिन्न स्थानहरुबाट करिब तिन लाख पच्चिस हजार मुल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

मटिअर्वा स्थित प्रस्तावित सीमा सुरक्षा गुल्मले बारा जिल्लाको कलैया उपमहानगरपालिका – १० मटिअर्वा सीमा इलाकावाट चिनि, किराना आइटमसहित मोटरसाइकल वरामद गरेको हो । उक्त सामानको अन्दाजी मुल्य १ लाख ३५ हजार ७ सय रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यस्तै जितपुर स्थित सुरक्षा वेशले विरगञ्ज पथलैया सडकखण्डको नितनपुरमा यात्रुवाहक बसको डिक्किवाट लेडिज आईटम अन्दाजी १ लाख ४५ हजार रुपैयाँ बराबरको बरामद गरेको छ ।

त्यसैगरी निजगढ स्थित विपद व्यवस्थापन सुरक्षा वेशले निजगढ नगरपालिका ८ बकैया पुलमा रौतहटवाट हेटौडा तर्फ जाँदै गरेकोयात्रुवाहक बसको डिक्किवाट अवैध रेडिमेट कपडा करिब ६० हजार मुल्य बराबरको बरामद गरिएको सशस्त्र प्रहरी बल नं. १२ गण बाराका गणपति एवंम् प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिएका छन् ।

उनका अनुसार बरामद गरिएका सबै सामान आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

साझा गर्नुहोस्