शहिद परिवारलाई सम्मानसहित एक लाखको चेक हस्तान्तरण

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 166
पढ्न लाग्ने समय : 2 मि.

रञ्जन यादव/
मधेसप्रदेश सरकारले जनयुुद्धका शहिदका परिवारजनका सदस्यहरुलाई सम्मान सहित रु एक लाखको चेक प्रदान गरेको छ ।

बाराको सिमरामा मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय तथा मधेशी शहिद प्रतिष्ठानले बाराका ६० जना शहिदहरुलाई सम्मान गरेको हो ।

संघिय सरकारका पुुर्बमन्त्री मातृका प्रसाद यादब र प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले जनयुद्धका शहिद परिवारलार्य दोसल्लाह ओढाउर प्रशंसा पत्रले सम्मान गर्दै जनही परिवारहरुलाई रु १ लाखको चेक हस्तान्तरण गरिएको थियो ।

मधेस प्रदेश सरकारले जनयुुद्धका शहिदहरुलाई गरेका सम्मान प्रती प्रदेश सरकारका मन्त्री साहको प्रशंसा पुुर्ब मन्त्री मातृका यादबले गरेका थिए ।

अहिलेका सम्पुुर्ण उपलब्धिहरु जनयुुद्धका शहिदहरुकै देन भएकाले शहिदका परिवारजनहरुले गर्भ गर्नुुपर्ने आवश्यक्ता औल्याउँनुुभयो ।

संघ र प्रदेश सरकारमा आफनो समावेशिता भएर पनि जनयुुद्ध मनाउँन आनाकानी गरिरहेको समयमा मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका मन्त्री साहको कार्यको मुुक्त कण्ठले प्रशंसा यादवले गरे ।

शहिदहरुको आश्रित परिवारलाई नगद चेक दिनुुभन्दा दिर्घकालीन आय निरन्तर हुुने संस्थामा लगानी गरिदिनुुपर्ने आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले बताए । उनले अब आफुु शहिद परिवारका सदस्यको नाममा हाईड्रोपावर लगायत संस्थामा लगानी गरि शेयर प्रदान गर्ने योजनामा रहेको जानकारी दिए ।

बिभिन्न प्राबिधिक कारण छुुटेका वा नाम हटाईएका शहिद परिवारका सदस्यहरुलाई चाडै नै सम्मान गरिने ब्यवस्था मिलाईने मन्त्री साहले बताएका छन ।

बिभिन्न संघ संस्थासँग समन्वय गरि शहिद परिवारहरुलाई सिपमुुलक तथा रोजगारमुुलक तालिम दिई स्वरोजगार बनाउँने योजना रहेको उनको छ । उहाँले शहिद परिवारको छुुट्टै पहिचान झल्किने परिचय पत्र प्रदेश सरकारबाट जारी गराउँने कार्यमा आफुुहरु लागेको जानकारी दिनुुभयो ।

कार्यक्रमका नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज तथा केन्दी्रय सदस्य गोपाल ठाकुुर, जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य क्षेत्र बहादुुर श्रेष्ठ अनिल,संबिधान सभा सदस्य जयराम दाहाल, केन्द्रिय सदस्य उद्धब पोख्रेल ,प्रदेश सदस्य राजन पौडेल , गिता कडेँल लगायतको सहभागिता रहेको थियो ।

सम्मान कार्यक्रममा कयौँ शहिद परिवारका सदस्यहरु भक्कानिएर रोएका थिए ।

शहिद सम्मान कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुुख अतिथि समेत रहेका पुुर्ब मन्त्री यादबले पुुष्प गुुच्छाले शहिदको फोटोमा माल्यार्पण गरी गर्नुुभएको थियो । मधेस प्रदेशमा ५ सय ४२ जना जनयुुद्धका शहिदहरु रहेको प्रदेश सरकारले जनाएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।