नेपाली कांग्रेसको कारण हालको सता समीकरण नफेरिनेः महामन्त्री थापा

गढिमाइ खबर
176 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

कलैया : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको एक बर्षभित्रमा संविधान संशोधन गरिने बताएका छन ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको बडहर्वामा बुधबार नेपाली काँग्रेस बारा क्षेत्र नम्बर ३ ले आयोजना गरेको क्षेत्रिय सम्मेलनलाई प्रमुख आतिथ्य बाट सम्बोधन गर्दे महामन्त्री थापाले यस्तो बताएका हुन ।

उनले संविधान प्रति देखिएका केही असन्तुष्टि सम्बोधन गर्न एकबर्ष भित्र संविधान संशोधन गर्न जरुरी रहेको बताए । सत्ता समिकरण फेरबदलको हल्ला चलिरहेको बेला महामन्त्री थापाले नेपाली कांग्रेसको कारण हालको सता समीकरण नफेरिने ठोकुवा गरेका छन ।

सोही अवसरमा बोल्दै बर्तमान सरकारको काम गर्ने शैली ठिक ढंगले अगाडी नबढेको महामन्त्री थापाले बताएका छन।

यसैगरी उनले सरकारको काम गर्ने शैलीको समिक्षा समेत भईरहेको जानकारी गराए ।सरकारले आन्दोलनरत शिक्षकहरुलाई अविलम्ब कार्यक्षेत्रमा फर्काउने वातावरण बनाउनु पर्नेमा थापाको जोड दिए ।

उनले एक अर्को प्रश्नमा महामन्त्रीमा कांग्रेसको महाधिवेशन तोकिएकै समयमा गरिने उनले बताए । उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सह महामन्त्री फरमुल्लाह मंसुरले प्रतिगामी तत्वहरु सलबलाउन थालेको बताए ।

प्रतिगामी तत्वहरुलाई निस्तेज पार्न सबै सचेत हुनु पर्ने उनको भनाई रहेको थियो । उक्त कार्यक्रममा बोल्दै सहमहामन्त्री उमाकान्त चौधरीले मधेशमा काग्रेस पार्टीलाई बलियो बनाउन बिशेष ढंगले अगाडि बढनुपर्नेमा जोड दिए ।

काग्रेसका क्षेत्रीय सभापति प्रभात चौरसियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मधेस प्रदेश उपसभापति चन्द्राशेखर यादव, वीरेन्द्र सिँह,सह महामन्त्री जयनारायण यादव,जिल्ला सचिव भैयाराम यादव,क्षेत्रीय सभापति विजयशंकर यादव,महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादव लगायतले मन्तव्य ब्यक्त गरेका थिए।

उक्त कार्यक्रममा संचालन क्षेत्रीय सचिव राजेश भण्डारीको रहेको थियो ।

साझा गर्नुहोस्