लागु औषधसहित वीरगञ्जबाट तीन जना पक्राउ

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 88
पढ्न लाग्ने समय : 1 मि.

लागु औषध सहित तीन जनालाई पर्सा प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।

जाँचको क्रममा दुई जनालाई खैरो हिरोईन र एक जनालाई लागु औषध टयाबलेट सहित प्रहरीले पक्राउ गरेको हो ।

स्कुटीमा लिएर आएको लागु औषध खैरो हिरोईन सहित प्रहरीले मकवानपुर हेटौडा उपमहानगरपालिका–१ बस्ने वर्ष २४ को समिप श्रेष्ठ र पछाडी सवार सोही स्थानका बर्ष २८ को सुवास पौडेललाई पक्राउ गरेको हो ।

रक्सौलबाट वीरगञ्जतर्फ ना.३० प ७७४६ नम्बरको स्कुटीमा आउदै गरेको दुबै जनालाई चेकजाँच गर्नेक्रममा खैरो हिरोईन सहित पक्राउ गरिएको हो ।

पौडेलले लगाएको हुण्डी भित्र बाँया हाँतको भागमा लुकाइ छिपाइ राखिएको लागुऔषध खैरो हिरोईन ०.६२० मिलिग्राम बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

यस्तै प्लाष्टिकको झोलाभित्र प्रतिबन्धित लागु औषध नाईट्राजेपाम नाइजा एक्यान ७० ट्याबलेट सहित प्रहरीले वीरगञ्ज–१६ रजत जयन्ति चोकबाट मकवानपुर हेटौडा उपमहानगरपालिका–१४ मयूरधाप बस्ने वर्ष २८ को साजन पौडेललाई पक्राउ गरेको छ ।

तीनैजनालाई लागुऔषध सम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।