बाइजुराज महिला समितिको चौथो वार्षिक साधारण सम्पन्न

गढिमाइ खबर
233 पाठक संख्या

सिमरा : बाराको पिलुवामा श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति बारा पर्साको चौथो वार्षिक साधारण सभा एक कार्यक्रमवीच सम्पन्न भएको छ ।

साधारणसभाको श्रीकृष्ण प्रणामी मन्दिर सत्संग भवनका संरक्षक एवं भागवतचार्य शास्त्री नवीन कृष्ण ढुंगेलले दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो।

साधारण सभामा बाइजुराज महिला समितिकी केन्द्रीय सदस्य सावित्री बराल, श्री कृष्ण प्रणामी युवा परिषद्का केन्द्रीय सदस्य सुमन सुवेदी, सेवा समिति बाराका जिल्ला अध्यक्ष अर्जुन घिमिरे, युवा परिषद् बाराका जिल्ला अध्यक्ष मोहन सापकोटा, बाइजुराज जिल्ला समितिकी निवर्तमान अध्यक्ष इन्दिरा बराल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

साधारण सभामा जिल्ला अध्यक्ष मन्दिरा उप्रेतीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष पुनम सुवेदीले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। जिल्ला समिति अन्तर्गत रहेका नौवटा इकाई अध्यक्षहरूले वार्षिक गतिविधि प्रस्तुत गर्नुभएको थियो।

वाईजुराज जिल्ला समितिकी अध्यक्ष मन्दिरा उप्रेतीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन बाइजुराज महिला समितिकी जिल्ला सचिव इन्द्रावती थापाले गरेकी थिइन्।

साझा गर्नुहोस्