कलैया : मालपोत कार्यालय बाराका तल्कालिन अधिकृत,नापी अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धानका आयोगले बिहीबार बिशेष अदालतमा भ्रष्टाचार ८ जना उपर भ्रष्टचार मद्दा दायर गरेको हो ।
अख्तियारले मालपोत कार्यालय बाराका मालपोत अधिकृत सुमन प्रसाद चौधरी,तत्कालीन नायब सुब्बा बुधन प्रसाद यादव,नापी कार्याल बाराका तत्कालीन नापी अधिकृत हाल अवकाश प्राप्त दिनानाथ मिश्र,तत्कालीन सर्वेक्षक हाल नापी कार्यालय पर्सामा कार्यरत नापी अधिकृत शिव बालक शाह,नापी कार्यालय बाराका तत्कालीन सर्वेक्षक सुनिल कुमार झ,जीतपुरसिमरा वडा नम्बर –१३ का लेखापढी ब्यावसायी जयलाल सहनी,जग्गाधनी वडा नम्बर –१५ बस्ने सुदामा प्रसाद चौधरी थारु र रामपती देवि थरुनी विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुद्दा दायर भएकाहरुले मिलेमतो गरि बाराको साविक डुमरवाना गा.वि.स. वडा नं. ६ क को क्षेत्रफल ज.बि. ०–१–० भएको जग्गाको श्रेस्तामा किर्ते गरी क्षेत्रफल ०–३–१० कायम गरी बिक्री गरेको अख्तियारका सहायक प्रबक्ता देवि प्रसाद थपलियाले जानकारी दिएका छन ।
त्यस्तै क्षेत्रफल ज.बि. ०–२–१० भएको जग्गाको श्रेस्तामा किर्ते गरी क्षेत्रफल ०–६–० कायम गरी नापी कार्यालय,बारा र मालपोत कार्यालय,बारा समेतको मिलेमतोमा श्रेस्ता पूर्जा तयार गरी ठगी गरेको अनुसन्धानको क्रममा देखिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर भएका ८ जनालाई भ्रष्टाचार निवारण ऐन बमोजिम जनही एक लाख पचास हजार जरिवाना र कैद समेतको मागदाबी लिइएको सहायक प्रबक्ता थपलियाले जानकारी गराएका हुन ।









