वीरगञ्ज
पर्सा क्षेत्र नम्बर १ का बाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधी सभा सदस्य उम्मेदवार लक्ष्मण लाल कर्णले झुठा आशवासन बाँडने उम्मेदवारहरुसित सावधान हुन मतदाताहरुलाई आग्रह गरेका छन ।चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावको बेलामा उम्मेदवारहरुलाई झुक्याएर मत बटुल्न भुठो आशवासन बाँडने उम्मेदवारसित सचेत हरहन आग्रह गरेका हुन ।
कर्णले पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार रहेका आफुलाई मत दिएर जिताउन आग्रह गर्दै आफुले कुनै पनि किसिमको झुठो आवशवासन नबाँडने गरेको बताए ।उनले सोझा साझा मतदातालाई प्रलोभनमा पार्नको लागि झुठो आशवासन दिने उम्मेदवारहरु फर्केर नआउने गरेको जिकिर गरे ।
चुनावको बेलामा यो गर दिन्छु त्यो गर दिन्छु भन्दै झुठो आशवासन बाँडने उम्मेदवारलाई मत नदिएर बिकाशको काम गर्ने उम्मेदवारलाई नै मत दिएर जिताउन कर्णको अनुरोध थियो ।
उनले सँबिधानको रक्षा र देशको समुचित बिकाशको लागि पाँच दलीय गठबन्धनको आवशयकता रहेकोले गठबन्धनबाट उठेका आफुलाई मत दिएर बिजयी गराउन आग्रह गरे ।