घटनाको विरुद्धमा आधा दर्जन संघसंस्थाद्धारा ध्यानाकर्षण

गढिमाइ खबर
160 पाठक संख्या पढ्न लाग्न समय 3 मिनेट
पढ्न लाग्न समय 3 मिनेट

प्रहरीको दमन विरुद्ध बाराको कलैयामा विभिन्न दलहरुद्धारा आईतवार पाँच दिन पनि प्रर्दशन गरिएको

नेपाली कांग्रेस जिल्ला सचिव भैयाराम यादव र नेकपा एसका उपसचिव ध्रुव यादवलाई मंगलबार जिल्ला प्रहरी कार्यालय भित्रै प्रहरी नायब उपरिक्षक पाण्डे र प्रहरी निरिक्षक साहलगायतले निर्घात कुटपिट गरी घाइते बनाएर केही घण्टा नियन्त्रणमा लिइएको विषयलाई लिएर विभिन्न दलहरुले कलैयामा प्रहरी विरुद्ध आन्दोलन गर्दै छ ।

आईतवार पनि प्रहरीको दमन विरुद्ध दलहरुले कलैया नगरको विभिन्न भागको परिक्रमम गर्दै मुख्य चौकमा सडक अवरुद्ध तथा कोणसभा समेत गरेको छ । कोणसभामा नेपाली काँग्रेस, जसपा, नेकपा एस,माओवादी,नागरिक उन्मुक्ति, जनमत पाटीका नेताहरुले मन्तव्य राखेका थिए ।

प्रहरी दमन विरुद्धको आन्दोलन अन्तरगत विरोध कार्यक्रम कार्यक्रम सोमवार पनि जारी रहने नेपाली काँग्रेस वाराका उपसभापति मनोज भट्टले जानकारी दिएका छन । आईतवार साँझ बसेको सर्वदलिय वैठकले सोमवार पनि विरोधका कार्यक्रम गर्ने निणर्य गरेको हो । डिएसी पुरुषोतम पाण्डे र प्रहरी निरिक्षक रुपेश साह सहित घटनामा संलग्न दोषी प्रहरीलाई निलम्वन नगरेसम्म आन्दोलन जारी रहने नेपाली काग्रेस बाराका उपसभापति भट्टले बताए ।

यसैगरी घटनाको विरुद्धमा विभिन्न संघसंस्थाहरुले ध्यानाकर्षण सहित विज्ञप्तीहरु जारी गरेका छन । अहिलेसम्म महागढीमाई नगरपालिककाका नगरप्रमुख उपेन्द्र प्रसाद यादब,पचरौता नगरपालिकाका अध्यक्ष जलन्धर प्रसाद जैसबार,आदर्श कोतबाल गाँउपालिकाका अध्यक्ष जवाहर प्रसाद,ट्रेड युनियन कागे्रसका अध्यक्ष बिश्वमणी शर्मा, नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादब र नेपाल मानव अधिकार संगठन बाराका अध्यक्ष सिकेन्द्र पासवान समेतले विज्ञप्ती जारी गर्दै घटनाको छानविन र दोषिमाथि कारवाही गर्न माग गरेका छन ।

आन्दोलनकारीहरुले कलैयाको मुख्य चोक भरत चोकमा पाँच दिनदेखी टायर बाली प्रर्दशन गर्दै आएपनि घटना भएको एकसात हुन लागेपनि प्रमुख जिल्ला अधिकारी बिवाद अन्त्यका लागि प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ । मधेश प्रदेश प्रहरीले छानविन समिति गठन गरेपनि नाम सार्वजनिक नगरेको र बार्ता सम्वादका लागि पहल नगरेकाले आन्दोलन जारी राख्न बाध्य हुदै आएको नेपाली कांग्रेसका बारा जिल्ला सचिव राजेश रौनियारले बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला सचिव भैयाराम यादवलाई मंगलबार जिल्ला प्रहरी कार्यालय भित्रै प्रहरी नायब उपरिक्षक पाण्डे र प्रहरी निरिक्षक साहलगायतले निर्घात कुटपिट गरी घाइते बनाएर केही घण्टा नियन्त्रणमा लिइएको थियो ।

प्रहरीको कुटाइले यादवको शरीरका विभिन्न ठाउँमा चोट लागेको छ । उनी वीरगन्ज–१४ बहुअरीस्थित स्पर्श मल्टीस्पेस्लिटी अस्पतालमा उपचाररत छन् । कुटपिट गर्ने प्रहरीलाई निलम्बनसहित कारबाही गर्नुपर्ने माग गर्दै दलहरूले स्थानीय प्रशासनलाई बुधवार ज्ञापनपत्र बुझाएका थिए ।

साझा गर्नुहोस्