रञ्जन यादव/
बाराको सिमरामा विद्यार्थीहरुले महिला हिंसा र बलात्कारको घटना रोक्न माग गर्दै सरकार विरुद्ध नाराबाजी गर्दै प्रर्दशन गरेका छन् ।
बारा जिल्ला लगायत देशको विभिन्न ठाउँमा बढिरहेको महिला हिंसा र बलातकार रोक्न सरकार असफल हुँदै गएको प्रति आक्रोश पोख्दै उनीहरुले स्वस्फुर्त प्रर्दशनमा उत्रेका हुन् ।
बलात्कार र हिंसा समाजिक र कानुनी अपराध भएपनि सरकारले दोषीहरुलाई कडा कारवाहीसँगै कानुनी दायरामा ल्याउन नसक्नु सरकारको कमजोरी भएको भन्दै त्यसलाई रोक्न ध्यानाकर्षण गराएका हुन् । उनीहरु दबाबमुलक र्याली गरेका हुन् ।
हिंसा र बलात्कारको चपेटामा पर्ने पीडितहरुको सङ्ख्यामा बृद्धि हुुँदै गएपछि बिद्यार्थीहरुले त्यसको विरुद्धमा प्रर्दशन गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयमा समाजमा घटेका त्यस्ता थुप्रै घटनाहरु दर्ता भएपनि प्रहरीले कारवाही गर्न वेवास्ता गर्दै आएका छन् ।
जीतपुुरसिमरा उपमहानगर भित्रका विभिन्न बिद्यार्थीहरुको सहभागितामा गरिएको विरोध प्रर्दशनमा सरकारसँग सुुरक्षाको माग गरिएको थियो ।
कतै सुुरक्षाको प्रात्याभुुती नभएको र बलात्कारको सङ्ख्यामा दिन प्रतिदिन बृद्धि भएको भन्दै बिद्यार्थीहरुले बिरोध प्रर्दशन गर्नुु परेको बिद्यार्थी नेता दिपेन्द्र यादवले जानकारी दिए ।
समाजमा भएका त्यस्ता घटना दबाउने पनि गरिएको प्रति सरकारले अनुसन्धानमा चासो नदेखाएको उनको भनाइ छ । घटना दबाउने प्रति समाजले त्यस्ता बहिस्कारसँगै कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई सघाउन समेत उनले माग गरे ।
विरोध प्रर्दशनमा वी वान्ट जस्टीस,बलात्कारीलाई फाँसी दे, चुुरा लगाउने हातले छुुराचलाउँनुुपर्छ, राष्ट्रपती के हेर्दै?,प्रधानमन्त्री के हेर्दै?,बलात्कारी देश घेर्दै जस्ता नारा लगाइएको थियो । प्रर्दशनपछि विद्यार्थीहरुले मैनबत्ती प्रज्जवलन गरेका थिए ।