मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

गढिमाइ खबर
152 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट 1
पढ्न लाग्न समय 1 मिनेट

बाराको प्रसौनी गाउँपालिका वार्ड नम्बर – २ स्थित दुधौरा पुलमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कलैयाबाट बिरगंज तर्फ जादै गरेको म.प्र.०३-०३०-प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको बाँया साईडको पिलरमा ठोक्किदा मोटरसाइकलमा सवार २ युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १३ बलिरामपुर बस्ने राजेश मेहता खत्रीको छोरा वर्ष २२ को कुन्दन मेहता खत्री एलएस न्युरो अस्पतालमा र कलैया उप-महानगर-१२ सितलपुर बस्ने बिनोद प्रसाद कुशवाहाको छोरा वर्ष २२ को अभिमनु कुशवाहाको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

साझा गर्नुहोस्