बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाको सरुवा,शशिधर घिमिरे आउने

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 101
पढ्न लाग्ने समय : 1 मि.

बाराका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको स्थानमा सह–सचिव शशिधर घिमिरे आउने भएका छन् ।शशिधर घिमिरे गृह मन्त्रालय सिंहदरबारमा कार्यरत रहेका हुन् ।

गृह मन्त्रालयले दुई जिल्लाका प्रजिअ परिवर्तन गर्नेक्रममा बाराको पनि गरेको छ ।

बाराका प्रजिअ सापकोटालाई गृहमन्त्रालय वा गृह मन्त्रालय अन्तर्गतमा सरुवा गरिएको हो ।

यस्तै गृहमन्त्रालयका उपसचिव उमाकान्त अधिकारीलाई प्रमुख जिल्ला अधिकारीको रुपमा लमजुङ्गमा सरुवा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङ्गका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रालयले पुस २४ गते उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको निर्णयनुसार सरुवा सूची निकालेको हो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।