कलैया । बाराको जिल्लाको ६ वटा पालिकामा सोमबारदेखि हैजा रोगको महामारी बिरुद्ध प्रतिकार्य खोप अभियान शुरु गरिएको।
जिल्ला जन स्वास्थय कार्यालय बाराले आयोजित एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहले हैजा रोगको महामारी बिरुद्ध प्रतिकार्य खोप सेवन गरी उक्त खोप अयिभानको उदघाटन गरेका हुन ।
उक्त अवसरमा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भटृराई, कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साह, प्रमुख प्रसासकिय अधिकृत नाथु साह लगायतकाले हैजा रोगको महामारी बिरुद्ध प्रतिकार्य खोप सेवन गर्दे खोप अभियानलाई सफल बनाउन आग्रह गरे ।
जिल्ला स्वास्थय कार्यालय बाराका प्रमुख रामनरेश यादवको अध्यक्षतामा अभियानको उदघाटन गरिएको हो । जिल्लाको कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, फेटा गाउँपालिका, बिश्रामपुर गाउँपालिका, प्रसौनी गाउँपालिका र परवानीपुर गाउँपालिकामा खोप अभियान आरम्भ भएको हो । एक बर्ष भन्दा माथिको उमेरका सबै ब्यतmीहरुलाई लगाउन सकिने कार्यालयले जनाएको छ ।
जिल्लाको ६ पालिकाका तीन लाख ६५ हजार ९३१ जनालाई लक्षित गरी खोप अभियान सञ्चालन भएको हो । सोमबार कलैया, जीतपुरसिमरा र परवानीपुले यो अभियान शुरु गरेका छन ।
यो अभियान अन्र्तगत जीतपुरसिमरा उपमहानगरपालिकाका एक लाख २७ हजार ९५६ , कलैया उपमहानगरपालिकाका एक लाख ३६ हजार ४३२ , फेटा गाउँपालिकाका २८ हजार ६३ , बिश्रामपुर गाउँपालिकाका २४ हजार ३५७, प्रसौनी गाउँपालिकाका २४ हजार ८२० र परवानीपुर गाउँपालिकाका २४ हजार ३०३ जनालाई खोप लगाईने स्वास्थय कार्यालयले जानकारी दिएको छ ।
६ पालिकाका ७५ वटा वडामा यो अभियान सञ्चालन हुने भएको हो । खोप अभियानमा २१० जना खोप कार्यकर्ता, ३७९ जना महिला स्वास्थय स्वयम सेविका र ३७९ जना स्वयम सेवक परिचालन गरिएको कार्यालयले जनाएको छ।
नेपालमा उपलब्ध इयुभिकोल–एस नामक खोप लगाईने कार्यालयले जनाएको छ । यो खोप बिश्व स्वास्थय संगठन बाट गुणस्तरयुक्त प्रमाणित भएको खोप हो । नेपालको नियामक निकाय औषधी ब्यवस्था बिभागमा यो खोप दर्ता छ ।









