दुई समूहबिच झडप दर्जनौं घाइते एकको अवस्था गम्भीर

गढीमाईखवर डट कम
119 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

रबिन्द्र प्रसाद साह/
कलैया उपमहानगरपालिका वडा नम्बर १२ सितलपुरमा शनिबार दूई समूहबिच झडप हुदाँ दर्जनौं घाइते हुनुका साथै एकको अवस्था गम्भीर रहेको भएको छ ।

शुक्रबार राति जन्ती जाने क्रममा ३/४ जना युवाहरू मातकपद्धार्थ सेवन गरि अभद्र व्यवहार समझाई बुझाई हटाई दिएको निहुमा शनिबार दिनमा ११/१२ बजेतिर स्थानीय बाबुराम साह कानुको नेतृत्वमा गएको विक्रम साह कानु, दिपलाल साह कानु, हरिन्द्र साह कानु, बाबुलाल साह कानु, लक्ष्मी साह कानु, मोरसलिम अंसारी, जुमाई अंसारी, मोहन साह कानु, महेन्द्र साह कानु, महन्त साह कानु लगायत २०० को समूममा गै कुटपिट गरेका थिए।

कुटपिटमा परी दिपक यादव गम्भिर घाइते भएका छन्। उनको उपचार बिरगंजको नयुरो अस्पतालमा भैरहेको छ ।

उनको साथै अजित गिरीको टाउकोमा ४ ओटा टाका लागेको छ। सुन्दर यादव, राजेश्वर शर्मा, श्यामसुन्दर यादव, श्यामबाबु यादव, असलम अंसारी, असर्फ मंसुर लगायतका घाइते भएका छन्।
तिनिहरूले दिपक यादवको घरबाट पैसा ५ लाख, १ थान एन्ड्रोइड मोबाइल , लगेको तथा त्यहाँ रहेको कल्बमा रहेको जिमको सामान तथा खेलकुद सामान १० लाख मुल्यको तोडफोड गरेको आरोप स्थानीय हरिओम कुमार यादवले लगाएका थिए।

त्यसैगरी आइतबार रामचन्द्र प्रसाद यादवको नेतृत्वमा गएको राजा हुसेन मंसुर, अमेरिका प्रसाद यादव, मकसुद अंसारी, जितेन्द्र यादव लगायतकोले जिल्ला प्रहरी कार्यालयमा कसुरदारलाई उचित दण्डको माँग तथा जरिवाना गराउन नाराबाजी तथा विरोध गरेका हुन ।

साझा गर्नुहोस्