पार्टी विधान तथा पद्धती विपरित कार्य गदै निवर्तमान सभापति चौरसिया

गढीमाईखवर डट कम
120 पाठक संख्या पढ्न लाग्न समय 3 मिनेट
पढ्न लाग्न समय 3 मिनेट

नेपाली काँग्रेस बाराको नेतृत्वको लागि गत फागुन २९ गते दोस्रो चरणको चुनावबाट जिल्ला सभापति पदमा राजेश राय यादव ५४ मतले निर्वाचित भइसके ।

उनले आफ्ना प्रति द्वन्दी शम्भु बहादुर बुढाथोकीलाई ५४ मतले पराजित गरी सभापतिपदको प्रमाणपत्र लिइसके सबै तिरबाट बधाइ-शुभकामना लिइसके ।

सभापति पद सहित अन्य ५ जना अन्य पदाधिकारीहरुको समेत मत परिणाम आएर निर्वाचित भइसके ।

सभापतिले निर्वाचित भएर निर्वाचन समितिबाट प्रमाणपत्र समेत पाइसकेको अवस्थामा पनि पार्टी भित्र एक आश्चर्यको कार्य देखिएको छ ।

त्यो आश्चर्य कस्तो हो भने निर्वाचन प्रक्रियाबाट निर्वाचित सभापति रायलाई बाइपास गरेर अहिले पनि सभापति पदमा आफु नै भएर निवर्तमान सभापति जयचन्द्र चौरसियाले पार्टीको लेटर प्याड प्रयोग गरेर सभापति कै हैसियतमा विभिन्न ठाउँमा पत्राचार गरेको ।

उदाहरणका लागि चौरसियाले परवानीपुर गाउँपालिकाको वडा नम्बर ५ का वडा अध्यक्षलाई पार्टीको तर्फबाट पत्र लेख्दै त्यहाँका स्थानीय पार्टी सभापति वा उसले तोकेर पठाएको प्रतिनिधिलाई नै सर्वदलीय बैठकमा सहभागि गराउन पत्राचार गरेको पाइएको हो ।

गत चैत ८ गतेको मितिमा पत्राचार गरेको पाइएको हो । त्यहाँको गाउँपालिका अन्तर्गत वडास्तरीय सर्वदलीय बैठकमा वडा ५ अन्तर्गतका पार्टी बुथ सभापतिले तोकेको वा प्रतिनिधि पठाएकोलाई नै मान्यता दिन चौरसियाले पत्र लेखेको पाइएपछि पार्टी भित्र जिल्ला सभापति चौरसिया कि राय भन्ने विषयमा बहस सुरु भएको छ ।

निवर्तमान जिल्ला सभापति चौरसियाका निकटका जिल्ला स्तरीय एक नेताले पार्टी भित्र भएको निर्वाचनको पुर्ण परिणाम आउन बाँकी रहेको र नयाँ निर्वाचित कार्य समितिले शपथ सँगै पदभार सम्हालिन सकेकोले पार्टीको तत्काल कार्य गर्न निवर्तमान सभापति चौरसियाले नै गर्नु जायज रहेको बताए ।

तर भर्खरै निर्वाचित जिल्ला सभापति रायले भने चौरसियाले गरेको कार्य प्रति असन्तुष्टि व्यक्त गर्दै त्यस्तो कार्य प्रति आपत्ति जनाएको छन् । नवनिर्वाचित सभापति रायले चौरसियाको कार्य अनुशासन हीन र पार्टी विधान तथा पद्धती विपरित भएको भन्दै त्यस्तो कार्य तत्काल रोक्न चौरसियालाई निर्देशन दिएको पार्टी स्रोतले बताएका छन् ।

चौरसियाको यो कार्य गैर राजनीतिक संस्कारको भएको कति पयले टिप्पणी गरेका छन् । यो विषयलाई बैठकमा व्यापक बहसको विषय बनाइने उनले बताए ।

निर्वाचन प्रक्रियामा नवनिर्वाचित जिल्ला सभापति रायको खेमा भन्दा चौरसिया फरक खेमामा भएर बुढाथोकीलाई जिताउने अभियानमा थिए ।

सभापति पद सहित ८० पदका लागि भएको निर्वाचन मत परिणाम अनुसार सभापति बाहेक उपसभापति, सचिव, सहसचिव गरी ६ पदाधिकारीमा निर्वाचित सभापति राय विरुद्धका समुह अर्थात शम्भु बुढाथोकी प्यानलका जितेका छन् ।

उपसभापतिमा अमिरी पाल, मनोज भट्ट, सचिवमा भैयाराम यादव, सहसचिवमा राजेश रौनियार र कृष्णदेव प्रसाद जयसवाल विजयी भइसकेका छन् ।

साझा गर्नुहोस्