कलैया : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १७ स्थित रघुनाथपुर रामनगरमा नगर स्तरीय अन्तर विद्यालयस्तर छन्द कविता प्रतियोगितामा मंगलवार सम्पन्न भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा राष्ट्रिय विभुति सामुदायि शिक्षा सदनकी छात्रा स्नेहा भुजेल प्रथम भएकी छिन् ।
यसैगरी प्रतियोगितामा नेरामावि रघुनाथपुरकी छात्रा कान्छी घिसिङ दोस्रो र नेरा नमुना मावि सिमराका छात्र मनिष पाठक तेस्रो भएका थिए ।
प्रतियोगितामा विजेत हुने प्रथम,दोस्रो र तेस्रो हुनेलाई क्रमश रु पाच हजार,तीन हजार र दुई नगद हस्तान्तरण गरिएको थियो। सो प्रतियोगितामा जीतपुरसिमरा नगरका १३ वटा सामुदायिक तथा संस्थागत विद्यालयका २४ जना छात्रछात्राहरुको सहभागिता थियोे ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रघुनाथपुर रामनगरमाको प्रङ्गणमा आयोजित उक्त प्रतियोगिताको जीतपुरसिमरा उपमहानगरपालिका शिक्षा शाखा प्रमुख शिवजी प्रसादले उद्घाटन गर्नुभएको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिव बहादुर गंतानको अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा प्रमुख अतिथि समेत रहेका शिक्षा शाखाका प्रमुख शिवजी प्रसाद,जीतपुरसिमराका शिक्षा प्रेमी रामप्रसाद अधिकारी,नेपाल प्रेस युनियन मधेश प्रदेशका सचिव सन्तोष पाण्डे र नेरामावि रघुनाथपुरका शिक्षक अभिभावक संघका अध्यक्ष मिमलाल घिसिङ,व्यबस्थपन समिति सदस्य दुखीमया थिङ लगायतकाले सम्बोधन गर्नुभएको थियो ।
प्रतियोगिताको निर्णायक मण्डलमा सिद्धेश्वर मावि कलैयाका शिक्षक एवम कवी शान्तिराम मिश्र,लोटस एकाडेमीका नेपाली शिक्षक राजु न्यौपाने र नेरामावि रघुनाथपुरकी नेपाली शिक्षिका गिता कोईराला रहेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य नेरामावि रघुनाथपुरका प्रधानाध्यापक सुरेन्द्र चौरसिया र कार्यक्रम संचालन सहायक प्रधानाध्यापक अर्जुन प्रसाद पराजुलीले गर्नुभएको जनाईएको छ ।