अशोक स्टिलले मजदुरलाई उपचार नगराएपछि स्थानीयहरु आन्दोलित

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 872
पढ्न लाग्ने समय : 1 मि.

रञ्जन यादव/
बारा जीतपुरसिमरा उपमहानगरपालिकाको बजनी स्थित अशोक स्टिलले कामको दौरान बिरामी भएका एक मजदुरलाई उपचार नगराएपछि स्थानीयहरु आन्दोलित भएका छन् ।
मजदुरहरु उद्योगको मुल गेटमा धर्ना दिई उपचारको माग राखेको छन् ।

करिब ८ दिन अगाडि उद्योगमा २५ बर्षदेखि कार्यरत ५० बर्षिय एक मजदुर चैत माझी कामको दौरान चक्कर लागि बिरामी भएका थिए । उनको उपचार ठेकेदारले केही दिन गराएर छोडेको छ ।

माझीको उद्योगले पनि उपचारमा चासो नदेखिएपछि स्थानीयहरु आन्दोलित हुनुपरेको स्थानीय अजय सहनीले जानकारी गराए । स्थानीयका अनुसार माझीलाई ब्रेन ट्युमरको समस्या देखिएको छ । उद्योगको मुल गेटमा बिरामी माझीलाई स्थानीयहरु राखि आन्दोलन गरिरहेका छन् ।

उनीहरुले मजुरको आर्थिक अवस्था ज्यादै कमजोर रहेकाले उपचारमा सहयोग गर्न अनुरोध गरेका छन् । एक सयको सङ्ख्यामा रहेका स्थानीयहरु टेन्ट गाडि उद्योगको मुल गेटमा धर्ना दिईरहेका छन् ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।