वीरगञ्जमा रहेको यादगार बचत तथा ऋण सहकारी सँस्थाले बचतकर्ताको करोडौ रकम लिएर फरार

गढिमाइ खबर
पढ्न लाग्न समय 2 मिनेट

राम मण्डल/

वीरगञ्जमा रहेको यादगार बचत तथा ऋण सहकारी सँस्थाले बचतकर्ताको करोडौ रकम लिएर फरार भएको छ ।

सहकारीका सञ्चालकहरु बचतकर्ताहरुले सहकारीमा राखेको करोडौ रकम लिएर फरार भएका हुन ।सहकारीले बचतकर्ताको रकम लिएर फरार भएपछि बचतकर्ताहरुको बिचल्ली भएको छ ।

महानगरपालिकाको वडा नम्बर १७ रानीघाटमा कार्यालय भएको सहकारीका सञ्चालकहरु ०७९ साल चैतदेखि नै सम्पर्क बिहीन रहेका छन ।

सञ्चालक समितिका पदाधिकारीहरु नै सम्पर्क बिहीन भएपछि बचतकर्ताहरु सम्बन्धित निकायमा रकम फिर्ताको लागि धाउदै आएका छन ।

आफुले छोरीको बिहेको लागि भनेर सहकारीमा बचत गरेर राखेको पैसा सहकारीका सञ्चालक लिएर फरार भएको वीरगञ्जकी ईन्दु देबीले बताईन। यादगार बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष लगायतका पदाधिकारीहरु अहिले सम्पर्क बिहीन छन ।

रानीघाट टोलकै प्रमिला देबीले दुख गरेर एक एक रुपैया बचत गरि जम्मा गरेको सहकारी फरार भएपछि आफु बिचल्लीमा परेको बताईन ।

उहाँले सहकारीको एजेन्ट मर्धेन्द्र रौनियारमाथि बिश्वास गरेर बचत गरेपनि अहिले सहकारी नै फरार भएपछि फिर्ता पाउन नसकेको दुखेसो पोखीन । बचतकर्ताको  रकम लिएर सञ्चालक समिति फरार भएपछि भौतारिएका बचतकर्ताहरु सहकारीका एजेन्टको काम गर्ने धर्मेन्द्र रौनियारसित खाता खोलेकोले रौनियारले नै बचतको रकम फिर्ता गर्नुपर्ने माँग गरेका छन ।

यता रोनियार भने आफु नभागेको तथा बचतकर्ताको रकम फिर्ता गराउनको लगि आफै प्रहरी प्रशासनमा धाउदै आएको जिकिर गरे । पछिल्लो समय वीरगञ्जमा खुलेका सहकारीहरुका सञ्चालकहरु बचतकर्ताको रकम लिएर फरार हुने क्रम बढदो छ । हालसम्म यादगार बचतका सञ्चालक समितकिा पदाधिकारी मध्ये दुई जना मात्रै पक्राउ परेका छन ।

तसर्थ अन्य पदाधिकारीहरुलाई पनि कानुनको दायरामा ल्याई बचतकर्ताको रकम फिर्ता गर्न जरुरी छ ।

 

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *