हरेक बर्ष घटस्थापनादेखि पर्साको वीरगञ्जमा दशैं मेला शुरु भएको छ ।
वीरगञ्जको घण्टाघर, माईस्थान, गीता मन्दिर रोडमा लाग्ने दशैं मेला लाग्न शुरू भएसंगै बजारको चहलपहल बढेको छ ।
हिन्दूहरूको महान् चाडपर्वको रूपमा मनाइने दशैँ, तिहार र छठ पर्वको अवसरमा लगाईने उक्त मेला कोरोना महामारी कै कारण झण्डै दुई वर्षदेखि प्रभावित बन्दै आएको थियो । मेलामा यसबर्ष सवैभन्दा बढि चहलपहल हुने भएकाले वीरगञ्ज दशैं मेला रौनकता आउने आयोजकले जनाएको छ ।
दशै शुरु भएसंगै पर्साको वीरगञ्ज लगायतका क्षेत्रहरुमा रहेका गहवामाई मन्दिर, अलखिया मन्दिर, गीता मन्दिर, महावीर मन्दिर, बिर्तामाई मन्दिर लगायतका शक्तिपीठहरूमा दर्शन गर्ने श्रद्धालुहरुको भीडभाड बढ्दै गएको छ ।
मेलामा पर्सा सहित , बारा, रौतहट, मकवानपुर लागयतका ठाउबाट आउने गरेका छन । मेलाकै कारण वीरगञ्जमा भीडभाडले बढेको घण्टाघरदेखि मकालु चोकसम्मको ट्राफिक व्यवस्था अस्तव्यस्त छ ।